देशभर मनसुन फैलन एक हप्ता लाग्ने, पूर्वी क्षेत्रमा आज पनि पानी पर्ने « Khabarhub

देशभर मनसुन फैलन एक हप्ता लाग्ने, पूर्वी क्षेत्रमा आज पनि पानी पर्ने


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मनसुन शुरु भएको छ । यो पटक औसत रुपमा १० दिन ढिला मनसुन शुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र त्यसका लागि १० दिन लाग्ने महाशाखाले जनाएको छ ।

देशभर मनसुन फैलन झण्डै १० दिन लाग्ने बताउँदै मौसमविद वरुण पौडेलले अब चाँडै नै देशभर मौसमी बायु बहने बताए ।

मनसुनको अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्ने गरेको छ । मनसुन सक्रिय भएसँगै पूर्वी नेपालका झापा, इलाम, मोरङलगायत जिल्लामा पानी परेको छ । यो विस्तारै पश्चिमसम्म फैलन मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

पूर्वमा पानी पर्ने, मौसम आंशिक बदली हुने
यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले ३ दिने मौसमी अनुमान सार्वजनिक गर्दै पूर्वी भागमा पानी पर्ने र अन्य ठाउँको मौसममा सामान्य बदली हुने जनाएको छ । महाशाखाले जारी गरेको ३ दिने मौसमको विवरण यस्तो छ ।
असार ६ गते (शुक्रवार)
दिउँसो: देशको पूर्वी तथा मध्य क्षेत्र साथै पश्चिमी पहाडी भूभागमा आंसिकदेखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ | पुर्व तथा मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने, पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

असार ७ गते (शनिबार)

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने, पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

असार ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : २८ बजे

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा