हाम्रा ससुराली खलकले अगुल्टो उचाले, ज्वाइँ प्रधानमन्त्री सतर्क रहनुहोला–डा. भट्टराई « Khabarhub

हाम्रा ससुराली खलकले अगुल्टो उचाले, ज्वाइँ प्रधानमन्त्री सतर्क रहनुहोला–डा. भट्टराई


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राज्य केन्द्रीकरण तर्फ जान खोजेको आरोप लगाएका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा डा भट्टराईले दुई तिहाइको सरकारले दम्भ प्रदर्शन गरेको केन्द्रीकरण तर्फ जान खोजेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । ‘मतादेश परिवर्तन हुन सक्छ’, डा. भट्टराईले भने,‘ राम्रो काम गर्ने यो तपाईहरुलाई अवसर हो नराम्रो काम गरे फेरि रहनसक्छ भन्ने हुँदैन ।’

सरकारले विभिन्न विधेयकहरु ल्याउँदा सरोकारवालाहरुसँग छलफल नगरेको र नियन्त्रण तर्फ उन्मुख भएको उनको आरोप थियो ।

काठमाडौं उपत्यकामा गुठी विधेयकको विपक्षमा भएको विद्रोहलाई यसलाई सांकेतिक रुपमा लिनुपर्ने डा. भट्टराईको भनाइ थियो ।

गुठी, मानवअधिकार, प्रेस काउन्सिल, सुरक्षा परिषद् लगायतका विधेयक खारेज गरेर अघि बढ्नुपर्ने उनले बताए ।

सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्रीसहित मन्त्रीहरु नेवार समुदायका ज्वाइँ भएको र ससुरालीको प्रथा परम्परामाथि आक्रमण गर्न खोजेको भन्दै केही दिन यता सामाजिक सञ्जालहरुमा चलेको बहसलाई लक्षित गर्दै डा. भट्टराईले ज्वाइँहरुलाई आफ्ट्यारो पर्ने अवस्था बनेको बताए ।

‘म पनि यहाँ नेवार समुदायमा काठमाडौंमा विवाह गरेको गरेको मान्छे हो’ डा. भट्टराईले भने,‘यहाँ ठूलो ठट्टा के आएको छ भने हामी खसआर्य समूदायले उखान बनाएका छौं ‘ज्वाइँ न स्वाइ अगुल्टाले च्वाइ’, अस्ति  माइतिघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टो उचाले यसबाट ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री र ज्वाइँ मन्त्रीहरु सतर्क रहनुहोला भन्ने आग्रह छ ।’

डा. भट्राईले काठमाडौंको ससुराली काठमाडौंको नेवार हुन् भने प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री गोकर्ण विष्ट लगायतको ससुराली पनि नेवार समुदायमा रहेको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १२ : १७ बजे

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२०

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला एवं

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक