काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योग दिवसका अवरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमा जारी गरेको सन्देश मेन्सन गर्दै ओलीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार विहान विश्व योग दिवसको अवसरमा ट्विटरमार्फत एक सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेका थिए ।
विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।
— KP Sharma Oli (@PM_Nepal) June 21, 2019
ओलीले ट्विट गरेको केही समयपछि भारतीय प्रधानमन्त्री मोदीले उक्त ट्विटलाई मेन्सन गर्दै ओलीलाई धन्यदाव दिए ।
ओलीको ट्विटलाई मेन्सन गर्दै मोदीले भनेका छन्– योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भइ योग दिवस कार्यक्रमलाई सुशोभित गर्नुभएको प्रधानमन्त्री ओलीज्यूलाइृ धन्यवाद ज्ञापन गर्दछु ।
योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु । #YogaDay2019 https://t.co/nya3OGlE2z
— Narendra Modi (@narendramodi) June 21, 2019
प्रतिक्रिया