हङ्कङमा फेरि लाखौं मानिस सडकमा « Khabarhub

हङ्कङमा फेरि लाखौं मानिस सडकमा


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङ्कङ– विवादास्पद सुपुर्दगी विधेयक पूर्ण रुपमा फिर्ता लिन तथा प्रमुख कार्यकारीले तत्काल राजीनामा दिनुपर्ने माग राखी हङ्कङमा पुनः लाखौं मानिसहरु सडकमा आर्लेका छन् ।

प्रदर्शनकारीले सरकारी कार्यालय घेराउ गर्नुका सार्थ चर्को नाराबाजी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हङकङका प्रदर्शनकारीले उक्त विधेयक पूर्ण रुपमा फिर्ता लिन दिएको म्याद शुक्रबार बिहीबार सकिएसँगै प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

सरकारले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरेपनि त्यतिले नपुग्ने भन्दै त्यस विधेयकलाई पूर्ण रुपमा नै फिर्ता लिनुपर्ने र शहरकी प्रमुख कार्यकारी क्यारी लामले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

अघिल्लो साता उक्त विधेयकविरुद्ध दशौं लाख मानिसहरुले प्रदर्शन गरेपछि सरकार पछि हट्दै उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको घोषणा गरेको थियो ।

नयाँ सुपुर्दगी कानून लागू भएमा हङ्कङवासीको स्वतन्त्रता तथा मानवअधिकार हनन् हुनसक्ने र हङ्कङका नागरिकलाई मुख्यभूमि चीनतर्फ सुपुर्दगी गरिने भन्दै त्यसको विरोध हुँदै आएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ४ : ०० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल