दीगो विकास लक्ष्य प्राप्ति गर्न ३०३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने « Khabarhub

दीगो विकास लक्ष्य प्राप्ति गर्न ३०३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न ३०३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको दीगो विकास लागत अनुमानका अनुसार सन् २०३० भित्रमा दीगो विकास लक्ष्य हासिल गर्न सो परिमाणको अमेरिकी डलर नेपाललाई आवश्यक पर्ने देखिएको हो ।

गरिवीको अन्त्य, शिक्षा, स्वास्थ्य, खानेपानी, प्रविधिको विकासलगायतको क्षेत्रमा लगानी गरेर मात्रै दीगो विकास लक्ष्य हासिल हुने भएकाले त्यसका लागि २०३० सम्ममा नेपाललाई सो रकम आवश्यक पर्ने अनुमानित डाटा तयार पारिएको राष्ट्रिय योजना आयोगका सदस्य शुशील भट्टले जानकारी दिए ।

उनले सो लगानी जुटाउनु नै नेपालका लागि मुख्य चुनौति रहेको पनि स्पष्ट पारे । आयोगले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको पनि उल्लेख्य लगानीको अपेक्षा गरेको छ ।

दीगो विकास लक्ष्य हासिल गर्न आवश्यक रकममध्ये वार्षिक करिव ६ अर्ब अमेरिकी डलर अपुग हुने निष्कर्ष पनि निकालेको छ । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दीगो विकास लक्ष्य प्राप्तीका लागि बजेटको अभाव मुख्य चुनौति रहेको बताए । आयोगले दीगो विकास लक्ष्य हासिल गर्न अभाव हुने रकम जुटाउन लगानी बोर्डजस्ता संस्थाहरुलाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिए ।

पूर्वाधारको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानी कमजोर हुँदा दिगो विकास लक्ष्य हासिलका लागि लाग्ने लागतको अनुमान पनि फरक पर्दै जाने पनि आयोगको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ५ : ३६ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२