सन्दीप र सोमपालको एउटै श्वर– क्यानडामा सक्दो राम्रो खेल्छौं « Khabarhub

सन्दीप र सोमपालको एउटै श्वर– क्यानडामा सक्दो राम्रो खेल्छौं


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने र अर्का तीब्र गतिका बलर सोमपाल कामीले ग्लोबल टि–२० क्यानडा लिगमा भरपूर मेहनत गर्ने जनाएका छन् ।

बिहीबार ग्लोबल लिगको ड्राफ्टबाट छनोट भएका उनीहरुले शुक्रबार एक कार्यक्रममा क्यानडा लिग आफूहरुलाई लागि पनि निकै महत्वपूर्ण भएको भन्दै सक्दो राम्रो प्रयास गर्ने जनाएका हुन् । ग्लोबल लिगसँग नेपाली क्रिकेटरको नात गत वर्ष सन्दीप लामिछाने छनोट भएपछि जोडिएको थियो । योसँगै यो सिजनका लागि सोमपाल कामीले पनि अवसर पाएका हुन् ।

सन्दीप लामिछानेले टोरन्टो नेसनलबाट खेल्नेछन् भने सोमपालले विन्नपी हक्सबाट खेल्नेछन् । दोस्रो सिजनका लागि छनोट भएका लामिछानेले क्यानडामा आफूसँगै सोमपालले पनि खेल्न पाउने भएपछि खुशी व्यक्त गरेका छन् ।

‘मैले गएको वर्ष पनि खेलेको थिएँ । तर, यो वर्ष सोमपाल (दाई) पनि छनोट हुनु भएको छ । यसले मलाई आफू छनोट भएभन्दा बढी खुशी दिलाएको छ,’ सन्दीपले भने ।

यस्तै, पहिलो पटक विदेशी लिगमा आवद्ध भएका सोमपालले पनि आफ्नो करियरले नयाँ मोड अनुभुति भएको बताए । उनी पछिल्लो ५ वर्ष राष्ट्रिय टोलीमा महत्वपूर्ण खेलाडीको भूमिकामा छन् ।

जुन भूमिका उनले निभाए त्यसले नेपाली टोलीलाई पनि ठूलो सफलता दिलाएको छ । उनले क्यानडामा खेल्ने अवसर पाउँदा आफ्ना लागि केही नयाँ कुरा सिक्ने अवसर रहेको समेत बताएका छन् । सोमपालले भने, ‘क्यानडा लिग खेल्न पाउँदा मेरा लागि नयाँ अनुभव हुनेछ । त्यहाँको अनुभवलाई म राष्ट्रिय टोलीमा प्रयोग गर्ने छु जसले मलाई आगामि दिनमा अझै राम्रो गर्न सकुँ ।’

यो सिजनमा सन्दीप ६० हजार अमेरीकि डलर पारिश्रमीकमा टोरन्टोमा आवद्ध भएका हुन् भने सोमपालले ३ हजार अमेरिकी डलर पाउने छन् । एसोसियटको आइकन खेलाडीका रुपमा रहेका सन्दीप यो सिजनमा क्यारेबियन लिग र ग्लोबल लिगमा आवद्ध भइसकेका छन् ।

गएको वर्ष ग्लोबल लिग खेलेका सन्दीपको प्रदर्शन चामत्कारीक भएपछि नेपालबाट सोमपालले पनि अवसर पाएको हुनसक्ने क्रिकेट प्रेमीहरुको दावी छ भने उनी आफैमा पनि क्षमतावान खेलाडी हुन् ।

सन्दीप र सोमपाल सिंगापुरमा हुने टि–२० विश्वकप एसिया फाइनल्सबाट क्यानडा जानेछन् । नेपालले सिंगापुरमा जुलाई २०–२८ सम्म खेल्नेछ भने ग्लोबल लिग जुलाई २५ देखि शुरु हुनेछ । विश्वकप छनोटका कारण दुवै खेलाडीले क्यानडमा केही खेल गुमाउने छन् ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : १६ बजे

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम