सम्बन्ध मजबुद बनाउन भारतीय विदेशमन्त्री जयशंकर चीन जाँदै « Khabarhub

सम्बन्ध मजबुद बनाउन भारतीय विदेशमन्त्री जयशंकर चीन जाँदै


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउन भारतीय विदेश मन्त्री एस जयशंकर चीनको भ्रमण गर्ने भएका छन् । उनी आउँदो महिना चीन जाने तयारीमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अक्टोबरमा चीन जाने भएकाले त्यसको पूर्व तयारीका रुपमा भारतीय विदेश मन्त्रीको चीन भ्रमणलाई लिइएको छ ।

जयशंकरले चीन भ्रमणका क्रममा भारत र चीनबीचको विवादका विषयमा पनि अधिकारीहरुसँग छलफल गर्ने र दुई देशको सम्बन्धलाई थप मजबुद बनाउने विषयमा भ्रमण केन्द्रित बनाउने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय विदेशमन्त्रीले गत वर्षको डोकलाम विवादलाई विर्सिएर दुई देशबीचको व्यापार सम्बन्धलाई अझै मजबुद बनाउने र दुई देशबीचको लगानी आदानप्रदानका विषयमा पनि छलफल गर्नेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ५३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२