रोनाल्डोले जित्लान त मेस्सीलाई ? « Khabarhub

रोनाल्डोले जित्लान त मेस्सीलाई ?


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबलमा सधै चर्चामा रहन्छन लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । उनीहरुको खेलका विषयमा फुटबल प्रेमीहरुले पनि पक्ष लिएर मत राख्छन् । सर्वाधिक फेन फलोइङ भएका यी खेलाडीमा को उत्कृष्ठ भनेर सँधै बहस हुने गरेको छ । अर्जेन्टिनाका मेस्सी र पोर्चुगिज रोनाल्डो अहिलेको पुस्ताकै महान खेलाडी हुन् ।

मेस्सी र रोनाल्डोबीच सँधै को उत्कृष्ट भन्नेमा विवाद रहँदै आएका छन् । दुई खेलाडीबीच कीर्तिमान बनाउने होड नै चल्छ । पछिल्लो १० वर्ष विश्व फुटबलमा कहिले रोनाल्डो त कहिले मेस्सीले विविध कीर्तिमान बनाउदै आएका छन् । अन्य खेलाडी रोनाल्डो र मेस्सीको छेउछाउ पुग्नै सकेका छैनन् ।

रोनाल्डो र मेस्सी को उत्कृष्ट भन्ने विवाद रहिरहदा सर्वाधिक ‘म्यान अफ दि म्याच’ बन्ने खेलाडीमा भने रोनाल्डोलाई मेस्सीले जितेका छन् ।

सन् २००९ /१० देखि हालसम्म भएको खेलमा मेस्सी सर्वाधिक बढी म्यान अफ दि म्याच बनेका छन् । मेस्सीले २ सय ३९ पटक म्यान अफ दि म्याच पाएका छन् ।

रोनाल्डोले भने १ सय ४० पटक म्यान अफ दि म्याच बनेका छन् ।

सर्वाधिक म्यान अफ दि म्याच बनेका पाँच खेलाडीहरु :

१. लियोनल मेस्सी – २३९
२. क्रिस्टियानो रोनाल्डो – १४०
३. इडेन हजार्ड – ९१
४. ज्लाटन इब्राहिमोबीच – ८५
५. लुइस स्वारेज – ६२

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ५९ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले