अपेक्षाभन्दा कमको प्रस्ताव आउँदा लुकाकुलाई युनाइटेडले छाडेन « Khabarhub

अपेक्षाभन्दा कमको प्रस्ताव आउँदा लुकाकुलाई युनाइटेडले छाडेन


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-इङ्ग्लीस क्लब म्यान्चेस्टर युनाइटेडले स्टार खेलाडी रोमेलु लुकाकुका लागि इन्टर मिलानको प्रस्ताव अस्वीकार गरेको छ ।

मिलानले युनाटेडसँग लुककुका लागि ६० मिलियन युरोको प्रस्ताव ल्याएको थियो । तर, युनाइटेडले आफ्ना स्टार स्टाइकरलाई ६० मिलियन युरोमा बेच्न चहाएन । युनाइटेडले अपेक्षा गरेको भन्दा कमको प्रस्ताव आएपछि युनाइटेडले लुकाकुलाई नछाडेको जनाइएको छ ।

२ वर्ष अगाडि एभरटनबाट युनाइटेडमा आएका लुकाकुका लागि युनाइटेडले ७५ मिलियन पाउण्डमा भित्र्याएको थियो । शनिबारको सरुवा बजारमा इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले लुकाकुलाई टिममा लिन असफल भएपनि अझै पनि आफ्नो पहिलो नम्बरमा लुकाकु नै रहेको बताएका छन् ।

‘मैले उनलाई राम्रो खेलाडीका रुपमा लिएको छु । जसले हाम्रो टिममा राम्रो सुधार गर्न सक्छन्,’ प्रशिक्षक कोन्टेले भने,‘मेरो तर्फबाट उनी हाम्रो टिममा आउनेमा आशावादी छु ।’

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : २८ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै