रियल मड्रिड वायर्न म्युनिखसँग ३–१ ले पराजित « Khabarhub

रियल मड्रिड वायर्न म्युनिखसँग ३–१ ले पराजित


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस महारथि रियल मड्रिड पराजित भएको छ। आइतबार बिहान भएको खेलमा रियल मड्रिड वायर्न म्युनिखसँग ३–१ गोल अन्तरले पराजित भएको हो। १० खेलाडीमा सिमित बार्यनसँग पराजित हुँदा रियलले नयाँ स्टार खेलाडी इडन हजार्डलाई मैदान उतारेको थियो।

वायर्नलाई जित दिलाउन कोट्रिन टोलिस्सो, रोबर्टो लेवान्डोस्की र सेर्गी ग्नाब्रीले समान एक–एक गोल गरे । वार्यनविरुद्ध रियलका रोड्रिगो गोजले एक गोल फर्काएपनि हारबाट जोगिन सकेन।

खेलको १५ औं मिनेटमा टोलिस्सोको गोलबाट वायर्नले अग्रता बनाएको थियो। ६७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई २–० गोलको अग्रता दिलाएका थिए। त्यस्तै खेलको ७० औं मिनेटमा सेर्गीले गोल गर्दै वायर्नको ३–० गोलका फराकिलो अग्रता बनाएको थियो।

खेलको ८० औं मिनेटमा सेभेन उल्रीचले रातो कार्ड पाएपछि वायर्न १० खेलाडीमा समेटियो। त्यसपछि खेलको ८५ औं मिनेटमा रोड्रिगोले एक गोल फर्काएपनि रियलको जितका लागि प्रयाप्त हुन सकेन।

नयाँ सिजनको तयारीका लागि दुवै टोली अमेरिका भ्रमणमा रहेका छन्। इडन हजार्डको डेब्यु खेलमा वार्यनसँग पाजित हुँदा हजार्डको डेब्यु नमिठो भएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : ५३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन १५ गते शुक्रबार फागुन

आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १५ गते शुक्रबार फागुन

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार