रियल मड्रिड वायर्न म्युनिखसँग ३–१ ले पराजित | Khabarhub Khabarhub

रियल मड्रिड वायर्न म्युनिखसँग ३–१ ले पराजित


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस महारथि रियल मड्रिड पराजित भएको छ। आइतबार बिहान भएको खेलमा रियल मड्रिड वायर्न म्युनिखसँग ३–१ गोल अन्तरले पराजित भएको हो। १० खेलाडीमा सिमित बार्यनसँग पराजित हुँदा रियलले नयाँ स्टार खेलाडी इडन हजार्डलाई मैदान उतारेको थियो।

वायर्नलाई जित दिलाउन कोट्रिन टोलिस्सो, रोबर्टो लेवान्डोस्की र सेर्गी ग्नाब्रीले समान एक–एक गोल गरे । वार्यनविरुद्ध रियलका रोड्रिगो गोजले एक गोल फर्काएपनि हारबाट जोगिन सकेन।

खेलको १५ औं मिनेटमा टोलिस्सोको गोलबाट वायर्नले अग्रता बनाएको थियो। ६७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई २–० गोलको अग्रता दिलाएका थिए। त्यस्तै खेलको ७० औं मिनेटमा सेर्गीले गोल गर्दै वायर्नको ३–० गोलका फराकिलो अग्रता बनाएको थियो।

खेलको ८० औं मिनेटमा सेभेन उल्रीचले रातो कार्ड पाएपछि वायर्न १० खेलाडीमा समेटियो। त्यसपछि खेलको ८५ औं मिनेटमा रोड्रिगोले एक गोल फर्काएपनि रियलको जितका लागि प्रयाप्त हुन सकेन।

नयाँ सिजनको तयारीका लागि दुवै टोली अमेरिका भ्रमणमा रहेका छन्। इडन हजार्डको डेब्यु खेलमा वार्यनसँग पाजित हुँदा हजार्डको डेब्यु नमिठो भएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : ५३ बजे

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक