विमान उड्न लाग्दा पखेटामा मान्छे देखिएपछि‍‍‍... | Khabarhub Khabarhub

विमान उड्न लाग्दा पखेटामा मान्छे देखिएपछि‍‍‍…


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया– नाइजेरियामा विमान उड्न लाग्दा एक व्यक्ति विमानको पखेटामा देखिएपछि विमानको उडान अवरुद्ध भएको छ। गत शुक्रबार लागोस शहरमा उक्त घटना भएको हो।

जब ती व्यक्ति विमानको पखेटामा देखिए यात्रु त्रसित भएका थिए। केहीबेर विमानस्थलमा कोलाहल समेत मच्चिएको थियो । मुर्टाला मोहम्मद इन्टरनेसनल एयरपोर्टबाट अज्मन एयरको विमान उड्न लागेको थियो।

अधिकारीहरुका अनुसार विमान उड्न लाग्दा एक व्यक्ति धावन मार्गमा कुदेर आएका थिए। उनी छेउबाट विमानमा चढेर पखेटासम्म पुगेको अज्मन एयरका पाइलटले बताए।

पखेटाबाट उनले पाइलट क्याबिनमा पस्ने प्रयत्न गरेको तर नसकेको प्रहरीको भनाइ छ। ती व्यक्ति पखेटामा चढेको भिडियो समेत सार्वजनिक भएको छ। जुन यतिबेला निकै भाइरल बनेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : १७ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार