नेकपाको सचिवालय बैठक आज, विभागका प्रमुख र जिल्ला इन्चार्ज तोकिँदै « Khabarhub

नेकपाको सचिवालय बैठक आज, विभागका प्रमुख र जिल्ला इन्चार्ज तोकिँदै


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आइतबार (आजको) बैठकले केन्द्रीय विभाग, जिल्ला इञ्चार्ज सल्लाहकार परिषदलगायतका निकायको जिम्मेवारी टुङ्गो लगाउने पार्टीका नेताहरुले बताएका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को चयनको विषय एजेन्डामा समेटिएको जानकारी दिए ।

यसैबीच यसैवीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्व एमाले र पुर्व माओवादी नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ । आइतबार पूर्व माओवादी तर्फका नेताहरुको बैठक बसेको छ । यसअघि आइतबार पूर्व एमाले नेताहरुको बैठक बसेको थियो भने ।

पूर्व एमालेले भने आफ्नो भाग परेको केन्द्रीय विभागका लागि नेताहरुको चयन गरेको छ । जस अन्तर्गत नेकपाका नेता माधवकुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै अर्का नेता झलनाथ खनाललाई नीति अध्ययन तथा प्रतिष्ठानको जिम्मेवारी दिएको छ भने वामदेव गौतमलाई संगठन विभाग प्रमुख तोकिएको छ ।

बिहीबार र शुक्रबार बिहान बसेको नेकपा बैठकले ३ नेताको जिम्मेवारी टुंग्याएको हो । नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ।

नेकपाको केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व पनि टुंगो लागेको छ। परिषद् अध्यक्षको जिम्मेवारी पूर्वएमालेबाट केशव बडाल र मञ्चको नेतृत्व पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। मञ्च र परिषद्मा पूर्वएमालेको एक सय २१ र माओवादीको सय सदस्य रहनेछन्।

नेकपाका तीन आयोगमा पनि नेतृत्व टुंगो लागेको छ। लेखापरीक्षण आयोगमा डा. पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई नेतृत्व दिने सहमति पूर्वएमालेका नेताबीच भएको छ। त्यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगमा अमिक शेरचन छानिएका छन्।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ११ : २९ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई