अपांगमैत्री सडकलाई यसरी बनाइयो पार्किङ | Khabarhub Khabarhub

अपांगमैत्री सडकलाई यसरी बनाइयो पार्किङ



काठमाडौं–हामी दिनहुँ सडकको फुटपाथबाट आवतजावत गरिरहेका हुन्छौँ। फुटपाथको बिच भागमा पेहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन देख्छौँ पनि। तर त्यो खास केका लागि बनाइएको हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।

नालीमा ढल बिछ्याइएकाले फुटपाथबाट सो ढलान उक्काएर छोपेको हो कि ? भन्ने प्रश्न धेरैमा उठ्न सक्छन्। तर फुटपाथमा देखिने त्यो पहेँलो लाइन होइन। दृष्टिविहीन व्यक्तिहरुलाई आवतजावत गर्न बनाइएको सडक। जसलाइ ‘ट्याकटायल’ भनिन्छ।

उपत्यकाका अधिकांश सडकहरु अपाङ्गमैत्री छैनन्। अपाङ्गमैत्री बनाइएका सडक पनि वर्षौ पुराना भइसकेका छन्। वर्षौ पुराना त्यी ‘ट्याकटायल भत्किएर ठाउँ ठाउँमा नाजुक देखिने भएका छन्।

सरकारले वि.स. २०६९ सालमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका समेत जारी गरेको थियो। निर्देशिका अनुसार सरकारी भवन, सडक तथा सडक पेटी, यात्रु प्रतिक्षलय र पार्किङ स्थल ‘पहुँचयुक्त अपाङ्तामैत्री बनाउनुपर्ने’ भनिएको थियो।

सञ्चार निर्देशिका जारी भएको ८ वर्ष पुगिसकेको छ तर पछिल्ला समय निर्माण भएकै कतिपय सडक तथा सडक पेटीसमेत अपाङ्गमैत्री भने देखिदैनन्। तर अपाङ्गता भएका व्यक्तिहरुका लागि सहज र समान आवगमनका लागि सार्वजनिक सडक अपाङ्गतामैत्री बनाउनु जरुरी देखिन्छ।

वर्तमान सरकारको उदेकलाग्दो विषय के छ भने सरकारले विगत केही वर्ष अघि काठमाडौं उपत्यकामा व्यापाक सडक विस्तारको कार्य निरन्तर गरिरहेको छ। तर यो सडक विस्तार अपाङ्गता भएका व्यक्तिहरुका लागि ‘कागलाइ बेल पाक्यो हर्ष न विस्मात !’ जस्तै भएको छ। सहज र सुविधाका साटो उनीहरु सास्ती खेपिरहेका छन्।

सडककै कारण अपांगता भएकाको यात्रा कष्टकर

त्यस्ता सडकमा यात्रा गर्नु दृष्टिविहीनहरुलाई बाध्यता बनेको छ। बुधवार घण्टाघरस्थित बिनोद काफ्ले हातमा दृष्टिविहीनले प्रयोग गर्ने लौरो ‘केन’ टेक्दै कालो चस्मा लगाएर ट्याकटायलमा हिडिरहेका थिए।

झट्ट हेर्दा नै उनी दृष्टिविहीन छन् भन्ने कुरा बुझ्न सकिन्थ्यो। केनले ट्याटयालमा छुँदा ट्कट्क आवाज आइरहेको थियो। उनकै विपरीत साइटबाट अर्का व्यक्ति पनि आइरहेका थिए। बिनोद एकछिन उभिए र भने ‘अपाङ्गमैत्री सडक छोडिदिनुस् न।’

अहिले उनी त्रिचन्द्र कलेजमा अध्ययन गरिरहेका छन्। उनको यात्रा थियो लौनचौरसम्म। राजधानीको सडक अपाङ्गमैत्री नभएकोमा उनले गुनासो गरे। ‘हामीहरुलाई यात्रा गर्न कठिन छ’ उनले भने ‘आँखा देख्नेहरुले धकेल्दै हिड्छन।’

‘धेरै स्थानमा अपाङ्गमैत्री सडक छैनन्, भएकोमै पनि हामीले निर्धक्क भएर हिड्न पाएका छैनौ’ खबरहबसँग कुरा गर्दै विनोदले भने।

राजधानीका कति स्थानमा अपाङ्गमैत्री सडक छन् भन्ने कुरामा विभाग नै अलमल पर्ने गर्छ।

कुराकानीकै क्रममा उनले अर्को समस्या पनि सुनाए। ‘जेब्रा क्रसिङ पनि अपाङ्गमैत्री भइदिए हामीजस्ता दृष्टिबिहीनलाइ राहत मिल्ने थियो।’ उनले घण्टाघरको जेब्रा क्रसमा कयौँ पटक सवारी साधनसँग ठोक्किन पुगेको र अपशब्द सुन्नु परेको तितो यथार्थ समेत सुनाए।

त्यस्तै नेपाल पर्यटन बोर्ड अगाडीको सडकमा हिडिरहेका अर्का दृष्टिविहीन व्यक्ति भन्छन्, ‘टुडिखेल वरीपरि हिड्न ठिकै हुन्छ, अपाङ्गता भएकालाइ हिड्ने ट्याकटायल बनाइदिएको छ।’

‘तर अन्तको सडकमा यस्तो छैन नि’ उनले भने ‘हामीले सडकबाटै पनि आवतजावत गर्ने गरेका छौँ गाह्रो हुन्छ।’

त्यसो त सरकारले सबै क्षेत्रमा अपाङ्गमैत्री सडक बनाइदिए हुन्थ्यो भन्ने अपेक्षा उनको मात्र होइन। सडकमा आवतजावत गर्ने सम्पुर्ण अपाङ्गता भएका व्यक्तिहरुको चाहना यहि छ कि राजधानीका सबै क्षेत्रमा ‘अपाङ्गमैत्री सडक बनुन।’

सडक विभाग के भन्छ ?

पछिल्ला समय अपाङ्गमैत्री सडक निर्माण गर्न नसकेको सडक विभागले जनाएको छ। त्यसो त विभागको आगामी योजना पनि अपाङ्गमैत्री सडक बनाउने लक्ष्य भने रहेको छैन।

‘अपाङ्गमैत्री सडकको आवश्यक चाहिँ छ’ विभागका सूचना अधिकारी शिवहरी सापकोटाले खबरहबसँग भने ‘तर विभागले तत्काल त्यस्ता सडक बनाउने योजना ल्याएको छैन।’

राजधानीका कति स्थानमा अपाङ्गमैत्री सडक छन् भन्ने कुरामा विभाग नै अलमल पर्ने गर्छ। साथै अपाङ्गमैत्री रहेका कति सडकहरु भत्किएर ठूला खाल्डा समेत बनेका छन् तर यो विभागले अनुगमन र मर्मत गर्ने कार्य नगरेको सापकोटाले स्वीकारे।

अपाङ्गता भएका व्यक्तिहरुको गुनासो सुनाएपछि सापकोटाले भने ‘केही दिनमा विभागले अनुगमन गर्नेछ र मर्मत गर्नुुपर्ने स्थानमा मर्मत गर्नेछ। आवश्यकता भएका स्थानमा ट्याकटायल निर्माण गर्नेछ।’

सवारी चालकको मनपरी

बबरमलस्थित नेपाल नागरिक उड्यान प्राधिकरण हुदैँ बानेश्वर प्रस्थान गर्ने सडकको फुटपाथको बीच भागमा ट्याकटायल निर्माण गरिएको छ। तर अपाङ्गता व्यक्तिहरुले सो सडकमा बनेको ट्याकटायल प्रयोग गर्न पाएका छैनन्।

केही समयअघि देखि त्यस स्थानको ट्याकटायल दुइपांगे्र सवारीका लागि पार्किङ स्थान बनेको छ। लामो लाइनमा मोटरसाइकल र स्कुटर पार्किङ गरेका छन् भने अपाङ्गता भएका व्यक्तिहरु विशेषगरी दृष्टिविहीनहरु अन्दाजका भरमा सडकबाट हिँडिरहेका छन्।

ट्याकटायल भएको स्थानमा पार्किङ गर्दा अपाङ्गता व्यक्तिहरुलाइ पर्न गएको असहजताप्रति तपाई्रहरुको ध्यान किन गएन भन्ने प्रश्न खबरहबले अपांगतामैत्री सडकमा पार्किङ गर्ने चालकलाई सोधेको थियो। सो प्रश्नमा उनीहरुको जवाफ थियो— ‘धेरैले ट्याकटायल भनेको थाहै नभएको र अन्य सवारी पार्किङ गरेको देखेर पार्किङ गरेको हो।’

त्यसो त ट्राफिक सुरक्षाका लागि खटिएका प्रहरीहरुले पनि पार्किङको चहलपहल बढि भएपछि उनीहरुलाई अपांगता भएका व्यक्ति हिँड्ने सडकमा पार्किन नगर्न अनुरोध गर्नुपर्ने भएपनि त्यो नगरेको पाइएको छ।

कहाँ कहाँ छन् अपाङ्गमैत्री सडक ?

दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरु धेरै जसो आवतजावत गर्ने स्थान टुँडिखेल, भद्रकाली, भृकुटीमण्डप सिंहदरवार रहेकाले त्यो क्षेत्रको सडक पहिल्यै अपाङ्गमैत्री बनाइएको सापकोटाले बताए।

त्यस्तै तिनकुनेबाट बानेश्वर हुँदै थापाथली, त्रिपुरेश्वर, दरवारमार्ग, जमल, लैनचौर लगायतका सडक अपाङ्गमैत्री छन् भने चीनले निर्माण गरेको कोटेश्वर—कलंकी सडकखण्डमा पनि अपाङ्गमैत्री सडक देख्न सकिन्छ।

‘अन्य स्थानका फुटपाथ अपाङ्गमैत्री बनाउन सडक विभागले अब योजना बनाउने छ’ खबरहबसँगको कुराकानीमा सापकोटाले भने ‘रिङ रोडको हकमा भने पुरै चीन सरकारले निर्माण गरदिने छ।’

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  २ : ११ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई