केन्यामा भेटियो ४२ लाख वर्ष अघिको संसारकै सानो बाँदरको जीवाश्म « Khabarhub

केन्यामा भेटियो ४२ लाख वर्ष अघिको संसारकै सानो बाँदरको जीवाश्म


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केन्याका वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो बाँदरको जीवाश्म (फोसिल) फेला पारेका छन् । वैज्ञानिकहरुका अनुसार बाँदरको उक्त जीवाश्म ४२ लाख वर्ष पुरानो हो । यसलाई ‘नानोपिथेकस ब्राउनी’ नाम दिइएको छ ।

केन्याको नेसनल म्युजियम, ड्युक तथा मिसोरी युनिभर्सिटीले गरेको खोजमा भेटिएको उक्त बाँदरको तौल मात्र एक किलोग्राम रहेको हुन सक्ने दावी गरिएको छ ।

यो नयाँ प्रजातिको बाँदरको बासस्थान केन्याको सुखा घासे मैदानमा रहने गरेको अनुसन्धानले पत्ता लागेको छ । पर्यावरणमा पर्दै गएको प्रभाव यस प्रजातिमा पनि पर्दा लोप भएको वैज्ञानिकहरुको भनाइ छ । यो बाँदरको जीवाश्म संसारकै सबैभन्दा पुरानो दोस्रो बाँदरको प्रजाति भएको मानिएको छ ।

ह्युमन इभोलुशन जर्नलमा प्रकाशित एक अध्ययनमा नानोपिथेकस ब्राउनी प्रजातिको बाँदर केन्याको पूर्वी क्षेत्र कानापोईमा पाइने गरेको उल्लेख गरिएको छ । कानापोईमा नै नानोपिथेकसका साथै मानवको शुरुवाती पूर्वज अस्ट्रालोपिथेकस अनामेन्सिस पनि रहेको थियो ।

अनुसन्धानअनुसार यसको नामाकरण वैज्ञानिक फ्रेन्सिस ब्राउनको नामबाट राखिएको हो । ब्राउनले ऊटा युनिभर्सिटीमा कानापोई क्षेत्रका बारे लामो समयसम्म अध्ययन–अनुसन्धान गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : ३० बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष