बार्यनसँग हारेपछि प्रशिक्षक जिदानले भने– बेलले भोलि नै रियल छोडे हुन्छ ! « Khabarhub

बार्यनसँग हारेपछि प्रशिक्षक जिदानले भने– बेलले भोलि नै रियल छोडे हुन्छ !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले प्रि–सिजनको पहिलो खेल खेलेका ग्यारेथ बेलले क्लब छाड्नु पर्ने बताएका छन् ।

आइतबार बिहान सम्पन्न इन्टरनेसनल च्याम्पियन्स कपमा वार्यन म्युनिखसँग रियल पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

१० खेलाडीमा सिमित वार्यनसँग ३–१ गोल अन्तरले पराजित भएको रियलका लागि बेलले कुनै पनि समय राम्रो खेल्न सकेका थिएनन् ।

उनलाई क्लबमा राख्नु क्लबका लागि भार भएको महसुस गरेको क्लवले उनलाई बिदा गर्दै उक्त स्थान खालि गर्न चहाएको छ ।

‘बेल अन्य क्लबमा गए हुन्छ । क्लबले उनलाई बेच्न खोजेको छ,’ जिदानले खेलपछि भने,‘यदी उनी भोलि नै गए पनि राम्रो । यो व्यक्तिगत कुरा होइन । मसँग बेलको विरोध गर्नु पर्ने कुनै कारण छैन तर, मैले निर्णय गरिसके । सबैका लागि समय भएको छ । त्यसैले सबैले आफ्नो सुरक्षित बाटो खोजे हुन्छ ।’

क्लबले बेलको स्थानमा नयाँ खेलाडीलाई मैदान उतार्ने लक्ष्य समेत बनाएको जिदानले बताएका छन् । उनले बेलको स्थानमा जापानीज युवा खेलाडी टेकेफुजा कुडोले स्थान लिन सक्ने समेत बताएका छन् । वार्यनविरुद्धको खेलमा कुडोले खेलेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  २ : १७ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब