तनहुँका ३६ वटा वडा पहिरोको जोखिममा « Khabarhub

तनहुँका ३६ वटा वडा पहिरोको जोखिममा


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जिल्लाका दशवटै स्थानीय तहका ३६ वडा पहिरोको जोखिममा परेका छन् । पछिल्लो समय भइरहेको लगातारको वर्षाले अहिलेसम्म जिल्लामा कुनै नपुर्‍याए पनि ३६ वडा भने पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले जनाएको छ ।

पहाडी तथा भिरालो भूबनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको बढी जोखिम छ । यस्तै आगलागी, बाढी, खडेरी र सडक दुर्घटनाको जोखिम पनि जिल्लामा उत्तिकै रहेको समितिले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–१, १०, भिमाद नगरपालिका–१, ५, ६, ७, ८, भानु नगरपालिका–४, ६, १०, ११, व्यास नगरपालिका–७, ८, ९, ११, १२, आँबुखैरेनी गाउँपालिका–४ र ६ पहिरोको जोखिममा छन् । त्यस्तै, रिसिङ गाउँपालिका–१, २, ६, ७, ८, घिरिङ गाउँपालिका–३, ४, ५, बन्दीपुर गाउँपालिका–१, २, ४, ५, ६, म्याग्दे गाउँपालिका–१, २, ३ र देवघाट गाउँपालिका–४ र ५ पनि पहिरोको उच्च जोखिममा छन् ।

त्यस्तै बाढीबाट जिल्लाका २९ वडा जोखिममा छन् । व्यास नगरपालिका–१, २, ३, ५, ५, ७, ८, १०, ११, १३, आँबुखैरेनी गाउँपालिका–१, २, ३, ४, शुक्लागण्डकी नगरपालिका–२, ३, ५, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिका–११, १३, भिमाद नगरपालिका–१, देवघाट गाउँपालिका–४ र बाढीको जोखिममा छन् । यसका अलावा रिस्ती, साँगेखोलासँग जोडिएका नगरपालिका र गाउँपालिकाहरु, नाउदी र पाउदी खोलासँग जोडिएका नगरपालिका र गाउँपालिका, क्याङ्दी, चुँदी, मादीसेती, फिर्दी खोला र चुँदीखोलासँग जोडिएका नगरपालिका र गाउँपालिका पनि बाढीको जोखिममा छन् ।

विगतको घटनाका आधारमा पहिरो, बाढी, आगलागी, खडेरीलगायतबाट जोखिम क्षेत्र पहिचान गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि सङ्कटासन्नता र क्षमताको विश्लेषणका आधारमा आठ वटा विषयगत क्षेत्रहरु निर्धारण गरिएका छन् ।

पण्डितका अनुसार जिल्लाभित्र विपद् सम्बन्धी कुनै घटना घटेको जानकारी हुनासाथ कार्ययोजनामा उल्लिखित क्षेत्रगत अगुवा निकायहरु एवं सहयोगी संस्थाहरु सक्रिय हुनेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ३ : ३६ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको