टिचिङ अस्पतालमा महीनामा एक पटक कलेजो प्रत्यारोपण गरिने « Khabarhub

टिचिङ अस्पतालमा महीनामा एक पटक कलेजो प्रत्यारोपण गरिने


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ ।

अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो ।

“कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको छ ”, अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले भने । अस्पतालको ३७औँ तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको ४७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मिर्गाैला प्रत्यारोपणकार्य सफलतापूर्वक अगाडि बढिरहेको जानकारी दिए ।

विसं २०४० मा आजकै दिनदेखि ३०१ श्ययाबाट सेवा शुरु गरेको अस्पताल हाल ७०० मा विस्तार भएको छ । गत वर्ष अस्पतालको बहिरङ्ग सेवातर्फ पाँच लाख २५ हजार ५११ र आकस्मिकतर्फ ५० हजार ३६९ ले सेवा लिएका थिए ।

अस्पतालले अनिवार्य आफ्नै ‘फार्मेसी’ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेपछि गतवर्ष रु १९ करोड ७६ लाख बराबरको औषधि बिक्री वितरण भएको थियो । कार्यकारी निर्देशक प्रा डा खड्काले चालू आवमा अस्पताललाई रु ६८ लाख ८९ हजार ३५५ घाटा हुने जानकारी दिए ।

पछिल्लो समय अस्पताल एमआरआई, एनेस्थेसिया, अर्थाेपेडिक वार्ड स्तरोन्नति, शल्यक्रिया कक्ष विस्तार, अक्सिजन आपूर्तिमा आत्मनिर्भर बनेको छ । कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रममा १५०, स्नातकोत्तर तहमा एक सय तथा विद्यावारिधि तहमा २० विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिए ।

संस्थानको सम्बन्धनमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, किष्ट मेडिकल कलेज र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन तथा अध्यापन हुने गर्दछ । ती कलेजले शैक्षिक सत्र २०७४/७५ देखि क्लिनिकल, बेसिस साइन्स तथा नर्सिङ विषयमा स्नातकोत्तर तहका कार्यक्रम समेत सञ्चालनमा ल्याएका छन् ।

संस्थानले काठमाडौं बाहिर वीरगञ्ज, नेपालगञ्ज, पोखरा र विराटनगर नर्सिङ क्याम्पसमा एकसय श्ययाको अस्पताल निर्माण गर्न लागेको जनाएको छ । कार्यक्रममा त्रिविविका उपकुलपति प्रा डा तीर्थ खनियाले आफू पदबाट सुरक्षित बहिर्गमनका खोजीमा रहेको रहेको बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ४ : २६ बजे

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती