बालबालिकामा पनि मोटोपनको समस्या, बाबुआमाको भूमिका के ? « Khabarhub

बालबालिकामा पनि मोटोपनको समस्या, बाबुआमाको भूमिका के ?


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  पछिल्लो समय वयस्क व्यक्तिमा मात्रै नभइ बालबालिकामा पनि मोटोपनको समस्या देखिन थालेको छ । यसको प्रमुख कारण खानपान नै हो ।

बेलायतका बालबालिकासम्बन्धी स्वास्थ्यविद्हरुले गरेको अध्ययनले खानपानका कारण बालबालिकाको उचाइअनुसारको मोटाइको अनुपात नभएको पाएको छ । तीन वर्षसम्म आमा–बाबुसँग धेरै घुलमिल गरेका बच्चाहरूको बिएमआई अर्थात् उचाइअनुसारको मोटाइको अनुपात कम भएको पाइएको हो ।

अध्ययनमा खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने उल्लेख छ । उदाहरणको लागि खाने र सुत्ने बानी बालबालिकामा छिट्टै विकास हुन्छ । बच्चालाई खानेकुरा भोको हुँदामात्रै दिनुपर्छ ताकि उनीहरुलाई फकाउन तथा खुशी बनाउनका लागि दिनुहुँदैन । त्यसो गर्दा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन्, जसले मोटोपना निम्त्याउँछ ।

ध्यान दिनु पर्ने कुराहरुः

अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलो पटक बच्चा जन्माएका दुई सय ७९ आमालाई घरमै बच्चा जन्मिएको भए ६ महिनासम्म र क्लिनिकमा भए एकदेखि दुई वर्षसम्म कसरी बच्चाको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए ।

नर्सहरूको उक्त टोलीले आमाहरूलाई शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुबाको भन्दा आमाको बढी भूमिका हुन्छ भन्ने कुरामा प्राथमिकता दिएको थियो ।

त्यसरी दिइएका सुझावहरूमा सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको थाहा पाउने उपाय, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए ।

ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो । बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाको उचाइ र तौलको अनुपात कम देखियो । यसो गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो । अनुसन्धानकर्ताहरूले ९ वर्षको उमेरसम्म उनीहरूमाथि अनुगमन गरिराख्छन् ।

बानी बसाल्न आवश्यक

यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कंदो उमेरका बालबालिकाको मोटोपनको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्वपूर्ण हुने बताए ।

‘सानै उमेरमा मोटोपना भएका बालबालिकामा उमेर बढ्दै जाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ । तर मोटोपनाको यो चक्रमा रोक लगाउन आजीवन प्रयास गर्नुपर्छ,’ उनले भने, ‘बढी तौल भएका बालबालिकाहरू अभिभावक भइसक्दा पनि बढी तौलकै हुन्छन् र उनीहरूबाट जन्मिएका बालबालिका पनि बढी तौलकै हुन्छन् । यो चक्रमा तपाईं कहाँ फेरबदल गर्नुहुन्छ ? हाम्रो अहिलेको अवस्थामा जीवनभरि प्रयास गर्न आवश्यक छ ।’

बेलायतमा पनि तथ्याङ्कहरूले समान खालका समस्याहरू देखाउँछन् । प्राथमिक विद्यालय सुरु गर्नुअगावै त्यहाँ झन्डै एक चौथाइ बालबालिकामा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो संख्या झन्डै एक तिहाइ पुगिसकेको हुन्छ ।

रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पुर्‍याउने बताएकी छिन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : २० बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन