असल मित्र कसरी बनाउँने र बन्ने ? « Khabarhub

असल मित्र कसरी बनाउँने र बन्ने ?


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आजको सूचनाप्रविधिको संसारबारे जति नै तारिफ गरे पनि शायद कम नै हुन्छ । यसकै माध्यमबाट हामी आफन्त तथा साथीभाइहरुसँग अत्यन्तै सहज ढंगले कुराकानी गर्न सक्छौँ । तर पनि अहिलेका मानिसहरुको आपसी सम्बन्ध पहिले–पहिले जति हुन्थ्यो त्यो किसिमको प्रगाढ भने भएको पाइँदैन ।

अहिलेका मानिसहरुको कतिपय सम्बन्ध देखावटी मात्रैको हुन्छ । तर पुरानो जमानाको कुरा गर्ने हो भने एक पटक चिनजान भएपछि त्यो सम्बन्ध वर्षौं वर्षसम्म कायम रहने गरेको प्रशस्त उदाहरण देख्न पाइन्छ ।

तपाईंलाई थाहा हुनु पर्ने कुराः

केही हदसम्म सूचनाप्रविधिसँग जोडिएका केही कुराहरु पनि मानिसहरुको सम्बन्धका विषयमा जिम्मेवार छन् । अहिलेको समयमा मोबाइल फोनमार्फत एकअर्कालाई म्यासेज गर्नु, साथी बनाउन सकिने वेबसाइटहरुको प्रयोग अर्थात सामाजिक सञ्जाल र यसको प्रयोगमार्फत खुला रुपमा आफ्नो विचार भन्न सक्नु जस्ता कुरा सामान्य भइसकेको छ ।

यसैको माध्यमबाट आजका मानिसलाई साथी बनाउन प्रत्यक्ष भेटिरहन आवश्यक छैन । अहिलेका मानिसहरु आफ्ना साथीलाई एकपछि अर्को म्यासेज त पठाइरहेका हुन्छन्, यस्तै ट्वीट गरिरहेका हुन्छन् । तर यस किसिमको कुराकानी तथा सन्देश आदानप्रदानमा त्यो मज्जा हुँदैन, जुन पहिलेका मानिसहरुले गर्ने कुराकानीमा हुन्थ्यो ।

आर्टिफिसियल म्याच्युरिटी नामक एक किताबमा भनिएको छ, ‘अहिलेको समयमा एकअर्कालाई भेटेर कुराकानी एकदमै कम हुने गर्छ । बालबालिका पनि आमनेसामने भएर त्यति धेरै कुराकानी गर्दैनन् । जति उनीहरु मोबाइल तथा कम्प्युटरको अगाडि बसेर कुरा गर्छन् ।’

के गर्ने ?

कतिपय अवस्थामा इन्टरनेट तथा फोनमा साथीसँग कुरा गर्दा हामीलाई आफुहरुको सम्बन्ध प्रगाढ भएको लाग्न सक्छ । तर वास्तविकता त्यस्तो हुँदैन । त्यसैले साच्चै नै मोबाइल तथा इन्टरनेटका कारण मानिसहरुमा मित्रताको सम्बन्ध प्रगाढ बन्न नसकेकै हो त ? पक्कै पनि सम्बन्ध प्रगाढ नहुनुमा सूचना प्रविधिको केही न केही हात हुन्छ नै ।

तर फोन तथा इन्टरनेटमा मात्रै नभइ आफ्ना साथीसँगको मित्रता प्रगाढ बनाउन आमनेसामने भेट गरेर कुराकानी पनि गर्नु पर्छ ।
मोबाइल फोन तथा इन्टरनेट एकअर्काको सम्बन्ध जोड्नका लागि पुल हुन सक्छ । तर उनीहरुलाई नजिक ल्याउँन सक्दैन । त्यसैले प्रत्यक्ष भेटघाट गर्न अत्यन्त आवश्यक हुन्छ ।

सच्चा मित्रको पहिचान गर्नुहोस्

पवित्र शास्त्रमा उल्लेख भए अनुसार एक सच्चा मित्र भाइभन्दा पनि माथिको सम्बन्धको हुन्छ । यस्तै साथी बनाउन चाहनु हुन्छ भने फोन तथा इन्टनेटमा कुराकानी गर्ने साथीका विषयमा आफैलाई यस किसिमका प्रश्न सोध्नुहोस्, जोसँग म कुराकानी गर्छु, उसँग त्यस्तो खास के छ ? उसले मेरो कुन कुरालाई बढी मन पराउँछ ?

कुन कुराले महत्व राख्छ सोच्नुहोस्

इन्टरनेट तथा फोनले जोडिएका मित्र र आफ्नो मन छुने सोख तथा आनीबानी आफ्नो जस्तै होस् भन्ने चाहना हुन्छ । तर यो भन्दा पनि जरुरी कुरा भनेको दुवैको एउटै सिद्धान्त वा विचार हुन आवश्यक छ ।

मिलेर कुराकानी गर्ने

एकआपसमा भेट गरेर कुराकानी गर्नुमा जति आनन्द र आत्मिय हुन्छ, त्यति फोन तथा इन्टरनेटमा हुँदैन । सौहार्दपूर्ण वातावरणमा तपाईंले आफ्ना साथीसँग कुराकानी गर्दा उसको लवज, हाउभाउलगायत सम्पूर्ण कुरालाई नजिकबाट नियाल्न पाउनुहुन्छ । यसले सम्बन्धलाई थप प्रगाढ बनाउने छ ।

चिठ्ठी लेख्नुहोस्

अहिलेको जमानामा चिठ्ठी लेख्नु धेरै पुरानो कुरा भइसकेको छ । अहिले मानिसहरु यति धेरै व्यस्त हुन थालेका छन् कि एउटै समयमा धेरैभन्दा धेरै काम गर्छन् । यस्तो अवस्थामा सायदै कसैलाई चिठ्ठी लेख्ने फुर्सद होला । तर वास्तवमै तपाईंले चिठ्ठी लेख्नु भयो भने तपाईंको साथीलाई अत्यन्तै राम्रो लाग्ने छ । तपाईंले उसका लागि यतिसम्म समय दिन र सोच्न सक्नु भयो भनेर साथीले कदर गर्नेछन् ।

सय कुरामा एक कुरा

सच्चा साथीले तपाईंको हालखबर मात्र जान्नका लागि कुराकानी गर्दैनन् । उनीहरु एकअर्कालाई माया गर्छन्, एकअर्काको पीडा बुझ्छन्, उनीहरु एकअर्कालाई गल्तिमा पनि माफ गर्छन् ।

साच्चै नै यस्तै गर्नेहरुको मित्रता पक्का भएर जानेछ । तर इन्टरनेट तथा फोनमार्फत भने यस किसिमको सच्चा मित्रता बनाउन सकिँदैन ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ६ : ५६ बजे

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा