विमानस्थलमा पत्रकारमाझ गच्छदारले भने- बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन « Khabarhub

विमानस्थलमा पत्रकारमाझ गच्छदारले भने- बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको समाचार आईरहेका बेला गच्छदारले त्यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रतिक्रिया दिएका हुन् ।

आइतबार साँझ भारतबाट स्वदेश फर्किएका गच्छदारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफूले बालुवाटारमा सडक फराकिलो बनाउनका लागि प्रस्ताव लगे पनि भूमि सम्बन्धी कुनै प्रस्ताव नलगेको पनि पटक–पटक दोहोर्‍याए ।

उपसभापति गच्छदारले आफू आँखाको उपचारका लागि अमेरिकाबाट सिँधै भारत फर्के पनि सो जग्गा प्रकरणको अभियोग छल्ने काम गरेको भन्दै विभिन्न समाचार माध्यामले समाचार दिएको उल्लेख गर्दै आपत्ति पनि जनाए ।

सो प्रकरणबारे सोधपुछ गर्न चाहे आफूले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई पनि सहयोग गर्ने स्पष्ट पारेका छन् । अख्तियार संवैधानिक निकाय भएकाले त्यसले सोधपुछ गरे आफूले सहयोग गर्ने गच्छदारको भनाइ छ ।

मन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको र त्यसबारे सोधपुछ गर्न अख्तियारले तयारी गरेपछि गच्छदार त्यसलाई छल्न अमेरिका र भारत भ्रमणमा गएको समाचार आएको थियो । त्यसमा सत्यता नरहेको गच्छदारको दावी छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ३६ बजे

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा