सो सिम्पल मिरुना (तस्वीरहरु) « Khabarhub

सो सिम्पल मिरुना (तस्वीरहरु)


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘रोज’ बाट चर्चामा आएकी नायिका मिरुना मगर पछिल्लो समय फिल्म वृत्तमा खासै चर्चामा छैनिन् । रोजबाट उनले अभिनय राम्रो गरेको भन्दै तारिफ पाइन् । सोही फिल्मको चर्चित गीत ‘फूल होइन’ ले उनलाई थप चर्चा दिलायो ।

फिल्ममा उनी अभिनेता प्रदीप खड्काकी प्रेमिकाका रुपमा देखिएकी थिइन् । अभिनय राम्रो गरे पनि फिल्म नै नचलेपछि करिअरलाई पूराका पूरा फाइदा हुने त कुरै भएन ।

उनी अभिनित फिल्म ‘साइनो’ रिलिजको क्रममा छ । यो फिल्ममा उनको कस्तो अभिनय रहनेछ, त्यसका लागि दर्शक प्रतीक्षारत छन् । पछिल्लो समय मिडियामा खासै देखा नपरेकी मिरुनालाई धेरैले भद्र नायिकाका रुपमा लिने गर्छन् । सामाजिक सञ्जालमा उनले ग्ल्यामर तस्वीर त्यति शेयर गरेकी हुँदिनन् । जबकि, नायिकाहरु हट तस्वीरका कारण प्रायः चर्चामा आइरहेका हुन्छन् ।

साधारण रहरै आफ्नो परिचय बनाएकी मिरुना हङकङमा जन्मेकी हुन् । मिरुना दर्शकले आफूलाई अभिनयकै कारण चिनून् भन्ने चाहन्छिन् । हेरौँ मिरुनाका केही तस्वीर:

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ५१ बजे

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही