यात्रुवाहक बस बन्धक बनाउने व्यक्ति सुरक्षा कारबाहीमा मारिए | Khabarhub Khabarhub

यात्रुवाहक बस बन्धक बनाउने व्यक्ति सुरक्षा कारबाहीमा मारिए


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रिओ दि जेनेरियो – ब्राजिलको रिओ दि जेनेरियोमा एक यात्रुबाहक बस नियन्त्रणमा लिने व्यक्ति मारिएका छन् । ब्राजिलको सैनिक प्रहरीले ३ घण्टा सम्म यात्रुबहाक बस कब्जामा लिने व्यक्तिलाई आफूहरूले मारिदिएको बताएका छन्।

एउटा ट्विटर सन्देशमा प्रहरीले एकजना निसानेबाजले बस अपहरणकर्तालाई मारिदिएपछि बन्धक बनाइएका व्यक्तिहरू रिहा भएको जनाएका छन्।

यसअघि प्रहरीले उक्त बसलाई घेरा हालेका थिए। बन्धक बनाइएका कुनै पनि यात्रु घाइते नभएको प्रहरीले जनाएको बीबीसीले जनाएको छ ।

स्थानीय सैनिक प्रहरीका एकजना प्रवक्ताले ती अपहरणकर्तामाथि बसको ढोका छेउमा एकजना बन्धकको टाउकोमा हतियार जस्तो देखिने सामग्री तेर्साएर उभिएको अवस्थामा निसानेबाजले गोली चलाएको जनाकारी दिए।

उक्त व्यक्तिले बोकेको बन्दुक नक्कली भएको खुलेको छ। त्यसअघि नै बसका ६ जना यात्रुहरू रिहा भएका थिए। भिडिओ फुटेजमा रिहा हुने क्रममा एकजना बन्धक महिला बेहोस भएको देखिन्छ।

यसअघि हेलिकप्टरबाट लिइएका फुटेजहरूमा उक्त बस रिओलाई अर्को शहर नितेरोइसँग जोड्ने पुलको दुईवटा लेनको बीचमा रोकिएको देखाइएको थियो।

सैनिक प्रहरी, एम्बुलेन्सहरू र एउटा विशेष कारबाही दस्ताका सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए। त्यो बसमा एक दर्जनभन्दा बढी यात्रु सवार रहेको ठानिएको छ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ८ : ३३ बजे

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका