घर मै हुन्छ एसिडिटीको उपचार « Khabarhub

घर मै हुन्छ एसिडिटीको उपचार


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो व्यस्त दैनिकी चलिरहेको छ । त्यसैले गर्दा खानपानका बेला खास ध्यान पुग्दैन । खानपानमा ध्यान नपुगेपछि अनगन्ती रोगले गाज्छ ।

हामीले खाएको खाना पाचन गराउने पेटमा एक प्रकारको एसिड उत्पन्न हुन्छ । यदि, अस्वस्थ वा एसिडिटि उत्पादन गर्ने खाना खाएको खण्डमा पेटमा आवश्यकभन्दा बढी एसिड बन्छ । जसको कारण हामी एसिडिटिको शिकार हुन पुग्छौ । एसिडिटिका कारण स्वस्थ्यमा धेरै असर गर्छ । जसलाई केहि घरेलु उपचारविधिबाट नियन्त्रण गर्न सकिन्छ ।

एसिडिटिको घरेलु उपचार विधि

१. यदि तपाईमा एसिडिटीको समस्या छ भने, तुलसी पत्ताको पाउडर बनाएर त्यसमा ज्वानोको झोल र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खानुहोला, एसिडिटिबाट जोगिन सकिन्छ ।

२. नसुकेको अदुवाको रसमा मह मिसाएर नियमित पिउँदा पनि एसिडिटीबाट आराम मिल्छ ।

३. ताजा एलोभेराको पत्ताबाट जेलि निकालेर जुस बनाई पिउँदा पनि एसिडिटी घट्छ ।

४. पुदिनाको पातलाई सफा गरी पानिमा उमालेर पिउँदा एसिडिटी जोगिन सकिन्छ।

५. जाइफलको धुलो एक कप पानीसंग पिएमा एसिडिटीबाट बच्न सक्नुहुन्छ।

६. कागतीको रस मनतातो पानीमा मिसाएर प्रयोग गर्दा एसिडिटिको समस्याबाट मुक्ति मिल्छ ।

७. एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै बिस्तारै पिउँदा एसिडिटी घटेर जान्छ ।

८. कागतीको रस, मह र तातो पानीमा मिलाएर पिउँदा पनि एसिडिटिबाट राहत मिल्छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : ०६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर