नेपाली श्रमिकको गुनासा सुन्न साउदीमा 'हेल्प डेस्क' स्थापना | Khabarhub Khabarhub

नेपाली श्रमिकको गुनासा सुन्न साउदीमा ‘हेल्प डेस्क’ स्थापना


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउदी– रोजगारीका लागि साउदी पुगेका नेपाली श्रमिकको समस्या समाधान गर्न साउदी रियादस्थित नेपाली दूतावासले ‍ सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय रोजगारीका लागि साउदी पुगेका महिला कामर समस्यामा पर्ने क्रम बढदै गएपछि दूतावास डेष्क सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

रोजगारीको शिलशिलामा साउदी अरबका विभिन्न शहरका पुगेका नेपाली महिलाहरुले रोजगारीसँग सम्बन्धित विभिन्न समस्या भोगीरहेको एक जना गुनासो सुन्ने अधिकारीसहित सहयोग डेष्क राखिको दूतावासले जनाएको छ ।

विषेशगरि ‘सप्लाई’ र ‘कन्ट्राक्टिङ’ कम्पनीमा गएका महिला कामदार बढी समस्यामा परेपछि दूतावासले त्यस्ता कामका लागि मागपत्र प्रमाणीकरण गर्ने काम केही समययता बन्द गरेको छ ।

साउदी रोजगारीका लागि पुगेका नेपाली महिलाहरुले आवासमा न्यूनतम मानवीय सुविधापनि नभएको, करारपत्रमा तोकिएको तलव नपाएको, बिमा नगरेको, मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गराउने गरेको, महिलासम्बन्धी रोगको औषधी उपचार पनि समयमा नपाएको जस्ता समस्या भोगि रहेको गुनासो दूतावासमा आउने गरेको दूतावासका द्वितीय सचिव तारा गौतमले जानकारी दिएका छन् । दूतावासले गुनासो सुन्ने सुन्ने जिम्मेवारी गौतमलाई दिइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : ५१ बजे

जेनजी आन्दोलनमा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरु (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु