भारतीय विदेशमन्त्री जयश‌ंकर काठमाडौंमा, प्रधानमन्त्रीसँग आजै भेटवार्ता « Khabarhub

भारतीय विदेशमन्त्री जयश‌ंकर काठमाडौंमा, प्रधानमन्त्रीसँग आजै भेटवार्ता


४ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेश मन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्र संचिव शंकर वैरागी तथा भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले स्वागत गरेका छन् ।

नेपाल भारत संयुक्त आयोजनाको पाँचौ बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन् । भारतको परराष्ट्र मन्त्री बनेपछि उनी पहिलो पटक नेपाल आएका हुन् ।

२ दिन नेपाल बस्ने जयश‌करले बैठक अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । उनले आज दिउँसो २ बजे प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् ।

विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँगको भेटका लागि भोलि (बिहीबार) बिहान साढे १० बजेको समय तय भएको छ ।

यस्तो छ जयशंकरको दुई दिने भ्रमण तालिका

आज काठमाडौं आइपुगेका जयशंकर भोलिसम्म नेपाल बस्ने छन् । उनले आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ताका लागि उनी बालुवाटार पुग्ने र आयोगको बैठकमा सहभागी हुन ३ बजे दरबारमार्गस्थित याक एण्ड यति होटल आइपुग्ने छन् ।

आयोगको बैठकमा उनी ६ बजेसम्म बस्ने कार्यतालिका रहेको छ । भारतीय विदेशमन्त्री जयशंकरको स्वागतमा साँझ ७ बजे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना रात्रि भोजमा सहभागी हुनेछन् ।

त्यस्तै भोलि बिहान साढे १० बजे राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतल निवास पुग्नेछन् । त्यसपछि उनी अपरान्ह ३ बजेर ३५ मिनेटमा दिल्लीका लागि प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : ४ भदौ २०७६, बुधबार  १२ : ३७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका