संविधान दिवस भव्य बनाउने तयारी, तीनै तहका सरकारले विशेष कार्यक्रम गर्ने « Khabarhub

संविधान दिवस भव्य बनाउने तयारी, तीनै तहका सरकारले विशेष कार्यक्रम गर्ने


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउने भएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सीमित वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागिताका साथ दिवस मनाउने बारे छलफल भएको छ ।

संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरुको सहभागितामा राजधानी काठमाडौंको टुँडिखेलमा र उपत्यका बाहिर प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरुमा भव्यताका साथ संविधान दिवस मनाउने उद्देश्यका साथ कार्यक्रमहरु तय भएका छन् ।

यस बर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र कार्यक्रम तय गरिएको छ । असोज ३ गते संविधान दिवसको दिन सबै तहका सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डा सहितको र्‍याली गर्दै मूल समारोह स्थल सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम तय भएको छ ।

प्रदेश र स्थानीय तहको सवालमा सम्बन्धित मन्त्रालयले संयोजन गरी तोकिएको स्थानमा अनिवार्य उपस्थिति हुने व्यवस्था मिलाईएको छ । बैठकमा संविधान दिवस मनाउनका लागि तय भएका कार्यक्रमबारे जानकारी गराउदै गृह सचिव प्रेम कुमार राईले सबैको सक्रिय सहभागिताका लागि आग्रह गरे ।

असोज २ गते उपत्यका भित्रका सबै सरकारी कार्यालय, महानगरपालिका नगरपालिकाहरुले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगर सजाउने, आम नागरिकले घरघरमा सरसफाई गरी साँझ दिपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड तथा क्रिकेट खेलको आयोजना गर्ने, नेपालको संविधानका केन्द्रित भएर सञ्चार माध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ०२ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी