स्वास्थ्य मन्त्रालयमा १ वर्षमै ४ जना सचिव हेरफेर « Khabarhub

स्वास्थ्य मन्त्रालयमा १ वर्षमै ४ जना सचिव हेरफेर


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक वर्षको अवधिमा ४ जना सचिव परिवर्तन भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराललाई नियुक्त गरेको हो ।

यसअघि मन्त्रालयमा रहेका सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । सचिव बराल नियुक्तीसँगै स्वस्थ्य तथा जनसंख्या मन्त्रालयमा एक वर्षमा ४ जना हेरफेर भए ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएपछि अहिलेसम्म ४ जना सचिव परिवर्तन भएका हुन् ।

गत जेठमा यादव स्वास्थ्यमन्त्री भएको एक महिनापछि स्वस्थ्य सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यलयमा सरुवा गरी प्रधानमन्त्री कार्यलयका केदार बहादुर अधिकारीलाई स्वास्थ्यमा नियुक्त गरीएको थियो । सचिव अधिकारी स्वास्थ्य मन्त्रालयमा सरुवा भएसँगै स्वास्थ्य कर्मीहरुले स्वास्थ्य सेवा बाहेकका कर्मचारी स्वास्थ्य मन्त्रालयमा नियुक्त गरिएको भन्दै विरोध पनि गरे ।

यस्तै प्रधानमन्त्री कार्यलयमा सरुवा भएकी सचिव चौधरीले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । प्रधानमन्त्री कार्यलयमा स्वास्थ्यसेवा तर्फको सचिवको दरवन्दी नै नभएको भन्दै सचिव चौधरीले सर्वोच्चमा मुद्धा हालेपछि अदालतले सरकारको निर्णय फिर्ता गर्न आदेश दियो । त्यस यता स्वास्थ्य मन्त्रालयमा सचिव चौधरी सहित दुई जना सचिव रहँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयमा अधिकारी नियुक्त भएपछि कार्यकक्ष र जिम्मेवारीको विषयमा लामो समय विवाद भयो । स्वास्थ्य सचिवको विवाद राम्रोसँग साम्य हुन नपाउँदै सरकारले सचिव अधिकारीलाई सरुवा गर्दै स्वास्थ्य मन्त्रालयमा फेरि अर्का सचिव चन्द्र घिमिरेलाई नियुक्त ग¥यो ।

सचिव घिमिरेले पनि स्वास्थ्य मन्त्रालयमा ४ महिना पनि काम गर्न पाएनन् । घिमिरेपछि स्वास्थ्य मन्त्रालयमा रामप्रसाद थपलिया नियुक्त भएका थिए । सचिव थपलियालाई पनि सरकारले सोमबार खेलकुद मन्त्रालयमा सरुवा गरेको हो ।

स्वास्थ्य मन्त्रालयमा एक वर्षमा ४ जना सचिव हेरफेर हुँदा मन्त्रालयको प्रशासनिक कामका असर पर्ने विज्ञहरु बताउँछन् । मन्त्रालयको सचिवहरु सरुवा भइरहँदा मन्त्रालयको प्रशासनिक कार्यमा असर पर्ने स्वास्थ्य निकायकै कर्मचारीहरु बताउँछन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा शुशीलनाथ प्याकुरेलले भने, ‘देशमा रोगका प्रकोपहरु बढिरहेको समयमा ३–४ महिना नहुँदै सचिव सरुवा हुँदा स्वास्थ्य क्षेत्रका समस्याहरु समाधान गर्न अप्ठ्यारो पर्छ, काजमा जस्तो सचिव सरुवा भइरहँदा सचिवज्युहरुमा मनदेखि यो क्षेत्रमा काम गर्नुपर्छ भन्ने भावना पनि नहुन सक्छ ।’

उनले भने, ‘प्रशासनतर्फको कर्मचारी स्वास्थ्यमा राखेर त्यही पनि परिवर्तन भइरहँदा उहाँहरुले स्वास्थ्यको विषयमा बुझ्नै भ्याएका हुँदैनन् ।  स्वास्थ्य क्षेत्रलाई बुझ्दै गर्दा फेरि सरुवा हुन्छ । यस्तो प्रकृया राम्रो होइन ।’

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : २७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ