सेलिब्रेटीलाई ‘ड्रग पार्टी’ दिइएको आरोपबारे करण जोहरले दिए यस्तो जवाफ « Khabarhub

सेलिब्रेटीलाई ‘ड्रग पार्टी’ दिइएको आरोपबारे करण जोहरले दिए यस्तो जवाफ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – केही समयअघि बलिउडका चर्चित निर्माता करण जोहरको घरमा हाउस पार्टी दिने गरी केही सेलिब्रेटीलाई आमन्त्रण गरिएको थियो । यो पार्टीमा दीपिका पादुकोण, अर्जुन कपूर, विक्की कौशल, शाहिद कपूर लगायत कैयन् हस्ती थिए ।

करण जोहरले पार्टीको एक भिडियो सामाजिक सञ्जालमा शेयर गरे । उक्त भिडियोपछि उनले विवादको सामना गर्नुप–यो । करणमाथि आरोप लाग्यो कि, उनले घरमा फिल्मका सेलिब्रेटीलाई बोलाएर ‘ड्रग पार्टी’ दिए ।

पार्टीमा ती कलाकार नशामा झुमेका थिए । यसबारेमा करणले खुलासा गरेका छन् ।

करणले एक अन्तर्वार्तामा यो आरोपको खण्डन गरे । उनले भने, ‘मेरो पार्टीमा यो क्षेत्रका कैयन् ठूला कलाकार थिए, मैले पूरै इमान्दारिताका साथ उक्त भिडियो बनाएको थिएँ, यदि मेरो पार्टीमा ड्रगको प्रयोग गरिएको हुन्थ्यो भने मैले भिडियो किन शेयर गर्थेँ? म बेवकुफ छैन ।’

करणलाई अर्को प्रश्न सोधियो, जसमा विक्की कौशलले ड्रग पाउडर प्रयोग गरेको भनेर अड्कल काटिएको थियो । यसमा उनले भने, ‘विक्की कौशल उक्त समय डेंगुको बिमारीबाट ग्रसित थिए, उनले कागतीसँग तातो पानी पिइरहेका थिए, त्यो एउटा पारिवारिक र सामाजिक ग्यादरिङ थियो ।’

उनले सबैले आफ्ना साथीसँग बसेर रमाइलो गरिरहेको, गीत सुनेको र कुराकानी गरेको तर ड्रग नलिएको बताए । करणले भिडियो बनाउनुको ५ मिनेट अघिसम्म आफ्नी आमा पनि त्यहीँ भएको दाबी गरे ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  २ : ४८ बजे

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको नेपालले दोस्रो खेलमा आज

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

गलकोट– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न