काठमाडौं प्रहरीले रवि पत्नी निकिताको जाहेरी लिन मानेन | Khabarhub Khabarhub

काठमाडौं प्रहरीले रवि पत्नी निकिताको जाहेरी लिन मानेन


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ ।

लामिछानेलाई फसाउँने नियतले भिडियो तथा विद्युतीय सामग्री किर्ते गर्ने विरुद्ध जाहेरी दिन गएकी पौडेललाई प्रहरीले जाहेरीका लागि चितवन जान सुझाव दिएको हो ।

किर्तेको उजुरी लिएर पुगेकी पौडेलसहितको टोलीले धैरै समय प्रहरीलाई जाहेरी लिन आग्रह गरेको थियो । तर घटना, भिडियो, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो किर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी लिएर उनी काठमाडौं परिसर गएकी थिइन् ।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन् ।

काठमाडौं प्रहरीले जाहेरी लिन नमानेपछि लामिछाने पत्नी पौडेलसहितको टोली त्यसै फर्किएको छ ।

पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ ।
पुडासैनीले गत साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ३ : ३२ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही