‘मास प्रिन्टर’ जडानको काम शुरु, लाइसेन्स छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने | Khabarhub Khabarhub

‘मास प्रिन्टर’ जडानको काम शुरु, लाइसेन्स छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ ।

जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार सो प्रिन्टरको क्षमता अहिले विभागमा रहेका प्रिन्टरहरुको भन्दा कैयौँ गुणा बढी रहेको छ ।

विभागमा हाल १० वटा साना क्षमताका ‘प्रिन्टर’ रहेका छन् । यिनको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको उनले बताए । ‘मास प्रिन्टर’ले एक घण्टाको अवधिमा पाँच सयदेखि छ सयसम्म कार्ड छाप्न सक्ने बताइएको छ । उनले भने , “उपकरण नियमित सञ्चालन भएपछि अहिले छाप्न बाँकी कार्ड चाँडै छापेर सकिनेछ ।”

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि सरकारले ‘मास प्रिन्टर’ खरीद गरेको हो । गत वर्ष नै ‘ग्लोबल टेन्डर’ मार्फत सो उपकरण खरीद प्रक्रिया अघि बढाइएको थियो । हाल विभागले झण्डै साढे नौ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ । उपकरणले छोटो समयमा धेरै कार्ड छाप्दा सो समस्याको समाधान हुने बताइएको छ ।

चालक अनुमतिपत्रका लागि आवेदन दिएका र सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघ्दासमेत अझै चालक अनुमतिपत्र नपाएको सेवाग्राहीको गुनासो छ । सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् ।

देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाहरुको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रण यन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको थियो ।

विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ/सात वटाले मात्रै नियमित काम गरेकाले समस्या आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।

उनका अनुसार क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने हुँदा विभागमा छाप्न बाँकी कार्डको सङ्ख्या नियमित रुपमा बढिरहेको थियो । विभागमा रहेका उपकरणहरुमा समयसमयमा समस्या आउने गरेको उनले बताए । सो उपकरणमा समस्या आउँदा मर्मतका लागि भारतबाट नै प्राविधिक आउनुपर्ने बाध्यता रहेको उनले बताए ।

उनका अनुसार जर्मनीमा बनेका उपकरणमा समस्या आउनासाथ मर्मत नहुँदा पनि नियमित रुपमा सञ्चालनमा आउन नसकेको हो । उनले भने “कहिले कुन त कहिले कुन बिग्रिएर थन्किरहन्छन् ।”य

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ४ : ३९ बजे

भीरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

चितवन– चितवनमा श्रीमान्–श्रीमतीले भीरबाट हाम फालेका छन् । घटनामा श्रीमतीको

एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले यही असार १३ गतेका लागि

सुरु भयो रोपाइँ (तस्बिरहरू)

सिन्धुली– असारको पहिलो सातामै वर्षा भएपछि किसानहरू खेतीमा व्यस्त भएका

सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई

काठमाडौं– कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदलयात्रामा काठमाडौं

गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए

गाजा – गाजाक्षेत्रमा जारी कारबाहीका क्रममा सातजना इजरायली सेना मारिएका