प्रधानमन्त्री ओलीलाई मोदीको सन्देश– उपयुक्त समयमा ईपीजीको प्रतिवेदन बुझ्छु « Khabarhub

प्रधानमन्त्री ओलीलाई मोदीको सन्देश– उपयुक्त समयमा ईपीजीको प्रतिवेदन बुझ्छु


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीयका विदेश मन्त्री शुब्रमन्यम जयशंकरले शिष्टाचार भेट गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगी शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुवै तर्फ स्थानीय सरकार रहेको र राजनीतिले पनि स्थायीत्व प्राप्त गरेकाले दुई देशबीचका नीतिगत स्थायीत्वलाई पनि अगाडि बढाएर लैजानुपर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा राजन भट्टराईले जानकारी दिए ।

भेटमा भारतीय विदेशमन्त्री जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले प्रबुद्ध समूहको प्रतिवेदनलाई उपयुक्त समयमा बुझ्ने जानकारी विदेशमन्त्री जयशंकरमार्फत गराएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भट्टराईले जानकारी दिए ।

भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको पाचौ बैठकमा सहभागी हुन भारतीय पक्षको नेतृत्व गर्दै बुधबार दिउँसो काठमाडौं आएका हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ११ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले