खाडीका देश र मलेसिया गएका घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति खोल्न समितिको निर्देशन « Khabarhub

खाडीका देश र मलेसिया गएका घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति खोल्न समितिको निर्देशन


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–व्यवस्थापिका संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाडीका देशमा श्रम अवधि सकिएर स्वदेश फर्कन नपाएका महिला कामदारका हकमा पुन श्रम स्वीकृति खल्न सरकारलाई निर्देशन दिएको छ ।

२०७२ साल चैत २० गते अघि रोजगारीकालागि खाडीका देश र मलेसिया गएका घरेलु महिला कामदारका हकमा मात्र अस्थाइ रुपमा पुन श्रम स्वीकृति जारी गर्ने बुधबार बसेको समितिको बैठकले निर्णय गरेको हो ।

विदेशमा कार्यरत महिला कामदारको श्रम स्वीकृति खुलाउन समितिले आज छलफलका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मानव अधिकार आयोग र अन्य सम्बन्धीत निकायलाई बोलाएको थियो ।

२०७२ साल चैत २० गतेदेखि तत्कालिन व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले घरेलु कामदारसम्वन्धी निर्देशिका कार्यान्वयन गर्न प्रतिवन्ध लगाएपछि श्रम तथा रोजगार मन्त्रालयले सबै प्रकारका घरेलु महिला कामदारलाई श्रम स्वीकृति रोकेको थियो ।

समितिले खाडीका देश र मलेसियामा नेपाली महिलाको रोजगारीका नाममा तस्करी भइरहेको भन्दै सरकारलाई रोक्न निर्देशन दिएको थियो । त्यो भन्दा आगाडी गएका सबै घरेलु महिला कामदारको श्रम अवधि सकिएको छ । करिब ३ लाख महिला कामदार खाडी र मलेसियामा अवैध रुपमा काम गरिरहेको सरकारी अनुमान छ ।

विदेशमा रहेका घरेलु महिला कामदारको समस्या समाधान गर्न सरकारले विगतदेखि काम गरिरहेको समितिको बैठकमा संसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले अब घरेलु महिला कामदार व्यवस्थीत गरेमात्र पठाउने र विदेशमा अवैध तरिकाले बसेका महिला कामदार स्वदेश पठाउने बताएका थिए ।

यस्तै सरकारले विदेशमा रहेका अवैध कामदारको समस्या तत्काल समाधान गर्ने मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बताएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ३४ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित