म्यान्मारमा हिंसा चर्कियो, १९ मारिए २ हजार विस्थापित « Khabarhub

म्यान्मारमा हिंसा चर्कियो, १९ मारिए २ हजार विस्थापित


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यङ्गून– उत्तरी म्यान्मारमा अल्पसङ्ख्यक जातीका लडाकु तथा सरकारी सुरक्षा फौजबीच चर्केको द्वन्द्वका कारण १९ जना मारिएका छन् ।

गत साताबाट उत्तरी म्यान्मारको शान राज्यमा उत्तरी गठबन्धन नामक जातीय लडाकु समूह तथा सुरक्षाकर्मीबीच हिंसा शुरु भएको हो ।
हिंसाका कारण शान राज्यको लाशियो शहर आसपास दुई हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् ।

विस्थापितहरु बौद्ध गुम्बा, अस्थायी शिविरलगायतमा लुकेर बसिरहेको जनाइएको छ । विस्थापितहरुलाई सरकारी अधिकारीले सहायता उपलब्ध गराइरहेका छन् ।

गत साता विद्रोहीले शान राज्यको सैनिक अखडामा आक्रमण गरी एक दर्जभबढी सुरक्षाकर्मीको ज्यान लिएपछि हिंसा शुरु भएको थियो ।

म्यान्मारका विभिन्न राज्यहरुमा जातीय लडाकुहरुले आत्मनिर्णयको माग राख्दै लामो समयदेखि सरकारविरुद्ध युद्ध लड्दै आएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ३६ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल