प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकिताको प्रश्न– शालिकरामकी श्रीमतीको लिने मेरो नलिने ? « Khabarhub

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकिताको प्रश्न– शालिकरामकी श्रीमतीको लिने मेरो नलिने ?


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिउँसो करिब साढे १२ बजे चलचित्र विकास वोर्डकी पूर्व अध्यक्ष एवं पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल सरकारी विद्युतिय प्रमाण किर्ते गरेको कसुरमा उजुरी दर्ता गर्न महानगरिय प्रहरी परिसर टेकु पुगेकी थिइन् ।

वकिलसहित प्रहरी परिसर टेकु पुगेकी निकिताको उजुरी भने प्रहरीले दर्ता गर्न मानेन । निकिताको उजुरी माथि प्रारम्भि छलफल गर्दै प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेपछि निकिता पुन जिल्ला सरकारी वकिलको कार्यालय पुगेकी थिइन् ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन २०७४ को दफा ५ को उपदफा १ मा प्रहरीले उजुरी दर्ता गर्न इन्कार गरेमा उजुरी दिने व्यक्तिले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालय वा माथिल्लो तहको प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकिताले यसो भनिन्

प्रहरीले उजुरी लिन नमानेपछि रवि पत्नी निकिताले दुःख व्यक्त गरिन् ।

‘शालिग्रामकी पत्नीको उजुरी लिने प्रहरीले मेरो लिएन’ निकिताले सञ्चारकर्मीसँग भनिन्,‘अब हामी अन्य विकल्प खोज्छौं ।’

यसकारण भएन दर्ता

निकिताका वकिलले उजुरी दर्ताका लागि वैकल्पिक उपचारको खोजी गर्ने बताए । प्रहरीले किन उजुरी दर्ता गर्न मानेन भन्ने सञ्चारकर्मीको प्रश्नमा वकिलले भने,‘प्रहरीले क्षेत्राधिकार पुगेन भनेर उजुरी दर्ता गर्न अस्विकार गरिएको छ ।’

‘चितवन प्रहरीले अनुसन्धान गरिरहेको विषयमा हामीले यहाँ काठमाडौंमा उजुरी दर्ता गर्न मिल्दैन’ प्रहरीको भनाइ उदृत गर्दै निकिताका वकिलले भने ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ०३ बजे

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८