ग्रिनल्याण्ड नबेच्ने भएपछि ट्रम्पले गरे डेनमार्क भ्रमण रद्द « Khabarhub

ग्रिनल्याण्ड नबेच्ने भएपछि ट्रम्पले गरे डेनमार्क भ्रमण रद्द


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– डेनमार्कले अमेरिकालाई विश्वकै सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड नबेच्ने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क भ्रमण रद्द गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसअघि डेनमार्कको स्वशासित क्षेत्रका रुपमा रहेको विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड खरिद गरी अमेरिकामा गाभ्ने मनशाय देखाएका थिए । तर, ग्रिनल्याण्ड खरिद गर्ने ट्रम्पको मनशायलाई डेनमार्क तथा ग्रिनल्याण्डका अधिकारीले ठाडै अस्वीकार गरेका थिए ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनले भने राष्ट्रपति ट्रम्पको मनशायलाई हास्यास्पद भन्दै ट्रम्प गम्भीर बन्न नसकेको टिप्पणी गरेकी थिइन् । ट्रम्पको यस्तो मनशायको ग्रिनल्याण्ड तथा डेनमार्कका राजनीतिक नेताहरुले पनि आलोचना गरेका थिए ।

यसैकारण ट्रम्पले डेनमार्ककी महारानी मर्गरेट द्वितीयका निमन्त्रणामा आगामी सेप्टेम्बर २ मा गर्न लागेको भ्रमण रद्द गरेका हुन् । ह्वाइट हाउसले पनि ट्रम्पले डेनमार्क भ्रमण रद्द गरेको पुष्टि गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : १० बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण