हङकङस्थित बेलायती वाणिज्य दूतावासका एक कर्मचारी चीनद्वारा पक्राउ « Khabarhub

हङकङस्थित बेलायती वाणिज्य दूतावासका एक कर्मचारी चीनद्वारा पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङमा प्रजातन्त्रवादी प्रदर्शन चर्किरहेका बेला चीनले हङकङस्थित बेलायती वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पक्राउ गरेको छ ।

चीनको विदेशमन्त्रालयले हङकङस्थित बेलायती दूतावासमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको पुष्टि गरेको हो । हङकङका नागरिक ती कर्मचारी गत अगष्ट ८ यता हराइरहेका थिए । व्यापारिक भेटघाटका लागि हङकङको सीमामा रहेको चिनियाँ शहर सेन्जेन गएका कर्मचारी सिमोन चेङलाई हङकङ फर्किने बेला पक्राउ गरिएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

उनी तीब्र गतिको रेल चढेर हङकङ फर्केको र सीमानजिक उनले आफ्नी प्रेमिकालाई सन्देश पठाएयता उनी सम्पर्क बाहिर थिए ।
उनले सार्वजनिक सुरक्षामा चुनौति थपेका कारण उनलाई १५ दिने प्रशासनिक नियन्त्रणमा राखिएको चिनियाँ विदेशमन्त्रालयको भनाइ छ । उनी हङकङका नागरिक भएका कारण उनको पक्राउ चीनको आन्तरिक मामिला रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय हङकङमा प्रदर्शन चर्किरहेका चीनले बेलायती दूतावासका कर्मचारी पक्राउ गरेको हो । चीनले हङकङमा जारी प्रदर्शनलाई उक्साउन बेलायतसहितका पश्चिमा मुलुकको हात रहेको आरोप लगाउँदै आएको छ । योसँगै चीन र बेलायतबीचको सम्बन्ध बिग्रिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ८ : २६ बजे

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज