डडेलधुरामा हैजाको प्रकोप, एक सातामा ८१ जना बिरामी « Khabarhub

डडेलधुरामा हैजाको प्रकोप, एक सातामा ८१ जना बिरामी


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेलधुरामा हैजाको प्रकोप फैलिएको छ । एक साता यता फैलिएको हैजाका कारण ८१ जना बिरामी परेका छन् ।

परशुराम नगरपालिका वडा नं– ८, गैरी गाँउ, सानो खोला र गुप्तेगाडामा हैजाको प्रकोप फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

साउन २९ देखि शुरु भएको झाडापखालाबाट ८१ जना प्रभावित भएका छन् । जसमध्ये एक जनालाई १ सेती अस्पतालमा रेफर गरिएको छ । उनको अवस्था हाल सामान्य बन्दै गएको छ ।

अन्य बिरामीहरुको जमुरानी बर्थिंग सेन्टर र जोगबुढा अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । विरामीहरुको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली परिचालन गरिएको छ ।

बिरामीमध्ये २ जनाको दिसाको नमूना परीक्षण गर्दा १ जनामा हैजाको जिवाणु देखिएको  र थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : १६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार