डडेलधुरामा हैजाको प्रकोप, एक सातामा ८१ जना बिरामी « Khabarhub

डडेलधुरामा हैजाको प्रकोप, एक सातामा ८१ जना बिरामी


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेलधुरामा हैजाको प्रकोप फैलिएको छ । एक साता यता फैलिएको हैजाका कारण ८१ जना बिरामी परेका छन् ।

परशुराम नगरपालिका वडा नं– ८, गैरी गाँउ, सानो खोला र गुप्तेगाडामा हैजाको प्रकोप फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

साउन २९ देखि शुरु भएको झाडापखालाबाट ८१ जना प्रभावित भएका छन् । जसमध्ये एक जनालाई १ सेती अस्पतालमा रेफर गरिएको छ । उनको अवस्था हाल सामान्य बन्दै गएको छ ।

अन्य बिरामीहरुको जमुरानी बर्थिंग सेन्टर र जोगबुढा अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । विरामीहरुको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली परिचालन गरिएको छ ।

बिरामीमध्ये २ जनाको दिसाको नमूना परीक्षण गर्दा १ जनामा हैजाको जिवाणु देखिएको  र थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : १६ बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद