अमेरिकाले ताइवानलाई अत्याधुनिक लडाकु विमान बेच्ने, चीनद्वारा कडा आपत्ति « Khabarhub

अमेरिकाले ताइवानलाई अत्याधुनिक लडाकु विमान बेच्ने, चीनद्वारा कडा आपत्ति


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वशिंटन डीसी– अमेरिकाले ताइवानलाई ६६ वटा अत्याधुनिक एफ–१६ लडाकु विमान बिक्रीका लागि बाटो खुला गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसका लागि औपचारिक स्वीकृत प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको विदेश मन्त्रालयले ८ अर्ब अमेरिकी डलरमा ६६ वटा एफ–१६ लडाकू विमान ताइवानलाई बेचिने जनाएको छ ।

चीनसँग व्यापार युद्ध, हङकङलगायतका विषयमा विवाद चलिरहेका बेला अमेरिकाले ताइवानलाई अत्याधुनिक लडाकु विमान बिक्री गर्ने भएको हो । अमेरिकाको यो कदमपछि दुई मुलुकबीच तनाव चर्किनसक्ने आशंका गरिएको छ ।

यता चीनले भने अमेरिकी कदमको चर्को आलोचना गरेको छ । अमेरिकी कदमले त्यस क्षेत्रको शान्ति तथा स्थायीत्वलाई असर पार्ने चीनको चेतावनी छ ।

चीनले ताइवानलाई आफ्नै भूभागको रुपमा हेर्ने गरेको छ । ताइवानलाई मूख्यभूमिमा गाभ्नका लागि चीनले सैनिक विकल्प पनि खुला रहेको बताउने गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : ३८ बजे

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०