अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय विद्यार्थीलाई भर्ना र भिसा « Khabarhub

अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय विद्यार्थीलाई भर्ना र भिसा


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अस्ट्रेलियामा पढ्न गएका नेपाली विद्यार्थीले पढिरहेको कलेजले अनुमति नपाएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी बिचल्लीमा परको खबरलाई नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ । नेपाली दूतावासका अनुसार विभिन्न तह र विषय अध्ययन गर्न ३५ हजार नेपाली अस्ट्रेलिया पुगेका छन् । सिड्नी र ब्रिस्बनमा सञ्चालित अस्ट्रेलियन इन्चिच्यूट अफ बिजनेस टन्ड टेक्नोलोजीमा करिब ३८ हजार विद्यार्थी अध्ययनरत छन् । सो कलेज पढ्न नेपालबाट मात्र एक वर्ष यता साढे ४ हजार विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेर्ट लिएका छन् ।

सो कलेजमा १२ सय नेपाली विद्यार्थी नर्सिङ पढिरहेका छन् । तर, कलेजले नर्सिङ कार्यक्रम सञ्चालनका लागि अस्ट्रेलियन नर्सिङ काउन्सिलबाट अनुमति लिएको छैन् । कलेजको प्रायोजनमा शिक्षा मन्त्रालयका अधिकारीहरु सिंगापुर घुमे पनि कलेज दर्ता भएको या नभएको भने पत्ता पाउन सकेनन।

कांग्रेस कोइरालाका छोरा नातिको होइन शीर्षकको अर्को समाचारमा गत शनिबार बीरगञ्जमा आयोजना गरिएको कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवालाई १५१ किलोको माला लगाइयो । महामन्त्री शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालालाई १२१ किलोको माला लगाइएको थियो ।

उनीहरुले एकै मञ्चबाट कांग्रेस कोइरालाका छोरा नातिको नभई सबैको भएको र पार्टी सञ्चालनका विषयमा फरकफरक राय भएपनि सबैको ध्यान पार्टी सुदृढिकरणमा रहेको बताएका छन् ।

त्यस्तै विद्युतका आयोजनामा पनि वनको अवरोध रहेको, संसदमै स्थायानीय पूर्वाधार कार्यक्रमको नियमावली च्यातिएको खबर छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : ४१ बजे

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना