नेताको गला धान्नै नसक्ने माला, राजा कै प्रतिनिधि ठान्ने नेताको प्रवृत्ति कहिले अन्त्य होला? « Khabarhub

नेताको गला धान्नै नसक्ने माला, राजा कै प्रतिनिधि ठान्ने नेताको प्रवृत्ति कहिले अन्त्य होला?


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगाने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रुपमा विकासित हुँदै गएको नागरिक दैनिकमा खबर छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री र चर्चित युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन् ।

बुधबार सिमरा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले ५१ किलोको माला लगाए । उनले २०७१ मंसिरमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा १८ किलोको माला लगाएका थिए ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले पनि पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोज २६ मा बालकोटस्थित निजी निवासमा ६३ किलोको मालासहितको स्वागत थापे । गत वर्ष मंसिरमा झापा पुगेका उनलाई गृहनगर दमकमा ४० किलोको मालाले सम्मान गरिएको ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७३ माघ २९ मा रौतहटमा आयोजित कार्यक्रममा २५ किलोको माला लगाउँदा दंग देखिएका थिए । ०७२ माघ ९ मा मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा त उनलाई ४९ किलोको माला लगाइदिइएको थियो । वामगठबन्धनको चुनावी प्रचारमा पर्वतको कुश्मा पुगेका ओली र प्रचण्डलाई थाम्नै नसक्ने माला लगाएर स्वागत गरिएको थियो । यो क्रम प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीमा मात्र होइन युवा नेता तथा प्रदेशसभाका मुख्यमन्त्री तथा मन्त्रीहरुमा पनि छ ।

समाजशास्त्री तथा सिनासका निर्देशक प्राध्यापक मृगेन्द्र काकीले माला संस्कृति उपनिवेशवादी मानसिकताको उपज भएको बताएका छन् । नेताहरुमा राजाकै प्रतिनिधि ठान्ने प्रवृत्ति र जनतामा अहिले पनि रैतीकै भावना भएकाले माला संस्कृतिले प्राथमिकता पाएको कार्की बताउँछन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ७ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया