आज नेकपाको सचिवालयको बैठक : एकताका बाँकी काम टुंग्याइने « Khabarhub

आज नेकपाको सचिवालयको बैठक : एकताका बाँकी काम टुंग्याइने


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बिहान ९ बजेका लागि बोलाइएको थियो । बैठकमा सहभागि हुने नेताहरू ढिलोगरी आउँदा निर्धारित समयभन्दा केही ढिलो मात्र बैठक शुरू भएको छ ।

आजको बैठकमा सचिवालयले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा नेतृत्वको कार्यदलसहित छलफल गरी पार्टी एकताको खाका तयार पार्ने विषयमा छलफल गर्ने कार्यसूचि रहेको नेकपाले जनाएको छ ।

यसअघि सोमबार बसेको बैठकमा कार्यदल संयोजक थापाले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको थियो । प्रतिवेदन पूर्णनभएका कारण कार्यदलको समय थप्ने की भन्ने विषयमा छलफल भएपनि निष्कर्ष निस्किएको थिएन ।

बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका विषयमा टुंग्याउन बाँकी १२/१३ वटा विषयलाई कार्यदलले टुंग्याउन नसकेका कारण कार्यदलसहित सचिवालको बैठकमा छलफल हुन लागेको जानकारी दिए ।

त्यसो त बुधबार धनगढी पुगेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमका नेकपा कार्यकतामाझ अब चाँडै नै पार्टीको तल्लो तहसम्मको एकता प्रक्रिया सम्पन्न हुने र पार्टीलाई मजबुद बनाएर अघि बढाउने बताएका थिए ।

गत जेठ ३ गते पार्टी एकता गरी ३ महिनाभित्र तल्लोतहसम्मको एकता प्रक्रिया टुंग्याउने दाबी गरेको नेकपाले प्रदेशको नेतृत्व चयनदेखि बाँकी काम गर्न सकेको छैन् ।

नेकपाका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग, लेखापरीक्षण आयोग, सल्लाहकार परिषदलगायतको एकता प्रक्रिया टुंग्याउन सकेको छैन् ।

त्यस्तै पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काममा पनि नेकपाले निर्णय लिन सकेको छैन् । त्यस्तै जनवर्गीय संगठन, केन्द्रदेखि स्थानीय तहसम्मै बाँकी छ भने प्रवास क्षेत्रको एकीकरण पनि हुन सकेको छैन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ९ : २४ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा