आज नेकपाको सचिवालयको बैठक : एकताका बाँकी काम टुंग्याइने « Khabarhub

आज नेकपाको सचिवालयको बैठक : एकताका बाँकी काम टुंग्याइने


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बिहान ९ बजेका लागि बोलाइएको थियो । बैठकमा सहभागि हुने नेताहरू ढिलोगरी आउँदा निर्धारित समयभन्दा केही ढिलो मात्र बैठक शुरू भएको छ ।

आजको बैठकमा सचिवालयले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा नेतृत्वको कार्यदलसहित छलफल गरी पार्टी एकताको खाका तयार पार्ने विषयमा छलफल गर्ने कार्यसूचि रहेको नेकपाले जनाएको छ ।

यसअघि सोमबार बसेको बैठकमा कार्यदल संयोजक थापाले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको थियो । प्रतिवेदन पूर्णनभएका कारण कार्यदलको समय थप्ने की भन्ने विषयमा छलफल भएपनि निष्कर्ष निस्किएको थिएन ।

बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका विषयमा टुंग्याउन बाँकी १२/१३ वटा विषयलाई कार्यदलले टुंग्याउन नसकेका कारण कार्यदलसहित सचिवालको बैठकमा छलफल हुन लागेको जानकारी दिए ।

त्यसो त बुधबार धनगढी पुगेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमका नेकपा कार्यकतामाझ अब चाँडै नै पार्टीको तल्लो तहसम्मको एकता प्रक्रिया सम्पन्न हुने र पार्टीलाई मजबुद बनाएर अघि बढाउने बताएका थिए ।

गत जेठ ३ गते पार्टी एकता गरी ३ महिनाभित्र तल्लोतहसम्मको एकता प्रक्रिया टुंग्याउने दाबी गरेको नेकपाले प्रदेशको नेतृत्व चयनदेखि बाँकी काम गर्न सकेको छैन् ।

नेकपाका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग, लेखापरीक्षण आयोग, सल्लाहकार परिषदलगायतको एकता प्रक्रिया टुंग्याउन सकेको छैन् ।

त्यस्तै पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काममा पनि नेकपाले निर्णय लिन सकेको छैन् । त्यस्तै जनवर्गीय संगठन, केन्द्रदेखि स्थानीय तहसम्मै बाँकी छ भने प्रवास क्षेत्रको एकीकरण पनि हुन सकेको छैन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ९ : २४ बजे

त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका

चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने

काठमाडौँ – पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत

इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल

स्व गिरिजाबाबु सबै दलका अभिभावक : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले