बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय वैठक « Khabarhub

बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय वैठक


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

बिहान ९ बजेका लागि बोलाइएको थियो । बैठकमा सहभागि हुने नेताहरू ढिलोगरी आउँदा निर्धारित समयभन्दा केही ढिलो मात्र बैठक शुरू भएको छ ।

आजको बैठकमा सचिवालयले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा नेतृत्वको कार्यदलसहित छलफल गरी पार्टी एकताको खाका तयार पार्ने विषयमा छलफल गर्ने कार्यसूचि रहेको नेकपाले जनाएको छ ।

यसअघि सोमबार बसेको बैठकमा कार्यदल संयोजक थापाले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको थियो । प्रतिवेदन पूर्ण नभएका कारण कार्यदलको समय थप्ने की भन्ने विषयमा छलफल भएपनि निष्कर्ष निस्किएको थिएन ।

बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका विषयमा टुंग्याउन बाँकी १२/१३ वटा विषयलाई कार्यदलले टुंग्याउन नसकेका कारण कार्यदलसहित सचिवालको बैठकमा छलफल हुन लागेको जानकारी दिए ।

त्यसो त बुधबार धनगढी पुगेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमका नेकपा कार्यकतामाझ अब चाँडै नै पार्टीको तल्लो तहसम्मको एकता प्रक्रिया सम्पन्न हुने र पार्टीलाई मजबुद बनाएर अघि बढाउने बताएका थिए ।

गत जेठ ३ गते पार्टी एकता गरी ३ महिनाभित्र तल्लोतहसम्मको एकता प्रक्रिया टुंग्याउने दाबी गरेको नेकपाले प्रदेशको नेतृत्व चयनदेखि बाँकी काम गर्न सकेको छैन् ।

नेकपाका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग, लेखापरीक्षण आयोग, सल्लाहकार परिषदलगायतको एकता प्रक्रिया टुंग्याउन सकेको छैन् ।

त्यस्तै पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काममा पनि नेकपाले निर्णय लिन सकेको छैन् । त्यस्तै जनवर्गीय संगठन, केन्द्रदेखि स्थानीय तहसम्मै बाँकी छ भने प्रवास क्षेत्रको एकीकरण पनि हुन सकेको छैन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  १० : २० बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका