काठमाडौं–अर्थमन्त्री तथा प्रधानमन्त्री हुँदा राष्ट्रिय पोशाक दौरासुरुवाल नलगाएर चर्चामा आएका डा बाबुराम भट्टराई दौरासुरुवालमा ठाँटिदा फेरि चर्चामा आएका छन् ।
कर्णाली प्रदेश पुगेका नयाँ शक्ति नेपालका संयोजक डा भट्टराईले पहिलो पटक दौरासुरुवाल लगाएर ठाँटिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले आफैं सामाजिक सञ्जाल ट्वीटरमार्फत दौरासुरुवालमा कर्णाली पुगेको लेखेका छन् ।
जीवनमै पहिलो पटक दौरासुरुवालमा देखा परेका उनी निक्कै खुसी र मख्ख देखिन्छन् । उनीसँगै रहेकी श्रीमती हिसिला यमी पनि निक्कै खुशी मुद्रामा देखिन्छिन्। पहिलो पटक दौरासुरुवाल लगाएर नै होला बाबुराम निक्क फरक देखिएका छन् ।
खस बाहुल्य कर्णाली प्रदेशको पोशाक दौरासुरुवाल भएकाले आफूले पनि कर्णाली पूग्दा स्थानीय पोशाक लगाएको भट्टराईको दाबी छ ।
देश अनुसारको भेष! जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो! pic.twitter.com/YQ2a8mBjPv
— Baburam Bhattarai (@brb1954) February 21, 2019
प्रतिक्रिया