अनमोलको ‘क्याप्टेन’सँग ‘ब्रेकअप’को भीडन्त, निर्देशक भन्छन्– जुधाएको हैन « Khabarhub

अनमोलको ‘क्याप्टेन’सँग ‘ब्रेकअप’को भीडन्त, निर्देशक भन्छन्– जुधाएको हैन


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक तथा निर्माता हेमराज बिसीले आफूले अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ सँग अ‌ाफ्नाे फिल्म ‘ब्रेकअप’ नजुधाएको बताएका छन् ।

सिनेवृत्तमा पुस २७ गते रिलिज हुने भनिएको यो फिल्म फागुन १७ मा सरेपछि जानाजान अनमोलसँग फिल्म जुधाउन ल्याएको हल्ला चलेको थियो । एउटा रमाइलो कुरा के छ भने अनमोल केसीलाई डेब्यु निर्देशक बिसीले नै गराएको हुनाले बिसी र अनमोलको सम्बन्धको पनि चर्चा हुने गर्छ ।

फागुन १७ मा पहिले फिल्म ‘जात्रै जात्रा’ पनि रिलिज हुने भनिएको थियो तर विपिन कार्की दुर्घटनामा पर्दा फिल्मको छायांकनमा अवरोध पुगेको थियो । जसका कारण निर्धारित मितिमा यो फिल्म रिलिज हुन नसक्ने भयो । ‘जात्रै जात्रा’ रिलिज नहुने भएपछि फागुन १७ मा फिल्म ‘द ब्रेकअप’ रिलिज गर्न लागिएको निर्देशकले बताए ।

‘हामीले क्याप्टेनसँग फिल्म जुधाउने नियतले यो मितिमा रिलिज गरेका होइनौँ, यो डेटमा एउटा मात्र फिल्म रिलिज हुने भएपछि फिल्म फागुन १७ मै रिलिज गर्ने भएका हौँ । आखिर कुनै न कुनै फिल्मसँग त फिल्म जुध्नु नै थियो,’ निर्देशक बिसीले भने, ‘पहिले पुस २७ गते रिलिज गर्ने भनिए पनि यो फिल्म कुनै पनि हालतमा उक्त मितिमा रिलिज नहुने भयो, त्यसैले हामीले नयाँ मिति सार्वजनिक गरेका हौँ, फिल्मको प्राविधिक काम अझै सकिएको छैन, प्राविधिक काम नसकिएकाले नै पुस २७ मा रिलिज गर्न गाह्रो थियो ।’

फिल्मको दृश्य

अर्को कुरा फागुन १७ अ‍ासपासमा सार्वजनिक बिदा पनि बढी छन् । त्यही कारण यो मितिमा फिल्म रिलिज गर्न लागेको बिसीले बताए ।

फिल्ममा हेमराज बिसीको लेखन तथा निर्देशक छ । रोमान्टिक लभ स्टोरी भनिएको यो फिल्ममा लगानीको हिसाबले धेरै रकम खर्च गर्नुपरेको निर्देशकको दावी छ ।

यस्तै फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, सरोज खनाल, रेमनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारको लिड भूमिका छ ।

लेखन, स्किृप्ट र निर्देशन हेमराज बिसीको रहेको यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र हेमराज बिसीको निर्माण गरेका हुन् । यस्तै फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन तथा नरेन्द्र मैनालीको डीओपी रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १ : ०७ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला