वैदेशिक रोजगारी : ठगीको अर्को विकल्प, ‘भिजिट भिसा’बाट ठगिँदै नेपाली « Khabarhub

वैदेशिक रोजगारी : ठगीको अर्को विकल्प, ‘भिजिट भिसा’बाट ठगिँदै नेपाली


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पछिल्लो समय वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी बढ्दोक्रममा छन्। म्यानपावर व्यवासायी तथा दलालहरुले पनि नयाँनयाँ विकल्प अपनाउँदै ठग्ने गरेको पाइएको छ । पछिल्लो समयले एजेन्टहरुले भिजिट भिसाको सहारा लिने गरेको तथ्य खुलेको छ ।

यो काममा एउटा ठूलो गिरोह नै परिचालित भएको श्रम तथा रोजगारीका क्षेत्रमा काम गर्नेहरु बताउँछन्। उनीहरुले प्रक्रिया छिटो टुंगिने र आम्दानी राम्रो हुने भन्दै युवाहरुलाई प्रलोभनमा फसाउने गरेको पाइएको छ ।

चार महिनाअघि सुपादेउराली म्यानपावर प्रालिले रौतहटका ४ जना युवालाई भिजिट भिसामा युएई पठाएको थियो । रौतहटका आनन्द गिरी, अजयप्रसाद पटेल, रामप्रसाद पण्डित र कम्वाई पटेल आकर्षक तलब पाइने प्रलोभनमा परी युएई गएका थिए। ४ महिना युएईमा बसेर फर्केका उनीहरु आफूहरु ठगिएको गुनासो गर्दै वैदेशिक रोजगार विभागमा पुगेका थिए। विभागमै भेटिएका उनीहरुले सुपादेउरालीका पवन भण्डारीले भिजिट भिसामार्फत जाँदा धेरै कमाई हुने लोभ देखाएकाले आफूहरु फसेको पीडितमध्येका एक आनन्दले बताए ।

‘म्यानपावर र हामीलाई सम्पर्क गराउने दलालले भिजिट भिसामा गए राम्रो काम पाइने बताए । हामीले पत्यायौं,’ उनले भने, ‘तर, उनीहरुको ठगीको नयाँ तरिका रहेछ भन्ने चाँही हामी बिदेश पुगेपछि मात्र थाहा पायौं ।’ म्यानपावर कम्पनीले गाउँका सोझा र बेरोजगार युवालाई फसाउने गरेको बताए ।

म्यानपावर एजेन्टले सबैठाउँमा सेटिङ मिलाउने गरेको आरोप लगाउँछन् अर्का पीडित रामप्रसाद पण्डित । विमानस्थलमा पनि उनीहरुले सेटिङ मिलाएको उनले बताए । खबरहवसँगको कुराकानीमा पण्डितले भने, ‘हामी ४ जनालाई एक जना अध्यागमनका कर्मचारीले आखाँ इसाराले बोलाए । त्यसपछि हामीलाई ती कर्मचारीले सिधै विमानस्थल भित्र पुराए ।’

३ महिनासम्म एउटा अस्पतालमा काम गरेको बताउँदै उनीहरुले भिसाको म्याद सकिएपछि नवीकरण गर्न एजेन्टलाई फोन गर्दा मात्र आफूहरु ठगिएको महशुस भएको बताएका छन् । भिसाको म्याद थप्न एजेन्टले युएई मै रहेका एक व्यक्तिको नम्बर दिएका थिए । उनले भिसा नवीकरणका लागि ३ लाख नेपाली रुपैयाँ लाग्ने बताएका थिए । यत्ति धेरै पैसा तिर्ने आफ्नो हैसियत नभएपछि नेपाल फर्किएको उनीहरुको भनाई छ । युएईमा नेपालीले नै नेपाली फसाएर भाग्ने गरेका धेरै घटना थाहा पाएर आफूहरु स्वदेश फर्किएको पण्डितले बताए ।

वैदेशिक रोजगार विभागले यसरी ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने पहल थालेको छ। विभागमा महानिर्देशक दिलिप कुमार चापगाईले रोजगारीको लोभ देखाएर उद्देश्य विपरीत भिजिट भिसामा विदेश पठाएर अलपत्र पार्ने म्यानपावरको नाम विभागले संकलन गरिरहेको बताए। उनले भने, ‘धेरै युवाहरूले भिजिट भिसाको नाममा ठगिएको उजुरी हामीलाई दिएका छन्। हामी कारबाहीका लागि सूचना संकलन गरिरहेका छौं । दोषीलाई कानुनी दायरामा ल्याउने छौं ।

६० हजार रुपैयाँभन्दा बढी मासिक तलबको प्रलोभनमा हजारौं नेपाली भिजिट भिसामा युएई जाने गरेको र त्यहाँ काम नपाएपछि स्वदेश फर्कने गरेको पाइएको छ । भिजिट भिसामा काम लगाउने आश्वासनमा ३ देखि ५ लाख रुपैयाँसम्म एजेन्टलाई बुझाएर नेपाली युवा विदेश जाने गरेका छन् ।

दलालले दिएको दुःख

भिजिट भिसामा दुबई जाँदा एजेन्टहरुले धेरै कमाउन सकिन्छ भनी ठूला सपनाहरु देखाएका कारण धेरै नेपालीहरुले दुःख पाउने गरेका छन् ।

भिजिट भिसामा यूएई पुगेका धेरैले काम नपाएको गुनासो गर्ने गरेको पण्डितले बताए । उनी भन्छन् ‘भिजिट भिसामा आउने धेरै नेपालीहरुले काम नपाएर विचल्लीमा परेका छन् । नेपालबाटै इम्प्लोइमेन्टमै आउँदा कम खर्चिलो हुन्छ । भिजिट भिसामा ल्याएर एजेन्टले अलपत्र पर्छन ।

त्यसपछि कहाँ बस्ने के खाने कसलाई सहयोग माग्ने भनेर समस्या हुन्छ । ’ भिजिट भिसामा गएका धेरै नेपाली अलपत्र र विचल्लीमा परेर युएईम बसेको उनको भनाइ छ । धेरैले काठमाडौंबाट उडाएपछि सम्पर्कबिहीन हुने गरेको त केही भिसाको म्याद सकिन लागेपछि सम्पर्कबाट बाहिरिने गरेको उनले सुनाए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १ : २७ बजे

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट