अनमोल भन्छन् – फिल्ममा नायिका को राख्ने भन्ने मेरो हातमा हुँदैन « Khabarhub

अनमोल भन्छन् – फिल्ममा नायिका को राख्ने भन्ने मेरो हातमा हुँदैन


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय स्टारडम बनाएका अभिनेता अनमोल केसीको यतिबेला अझ बढी चर्चा छ । मिडियामा उनी निरन्तर छाइरहनुको कारण रिलिजको मुखमा रहेको फिल्म ‘क्याप्टेन’ हो ।

यो फिल्ममा उनी राष्ट्रिय हिरोको रुपमा फुटबल खेलाडीको भूमिकामा छन् ।

हरेक फिल्ममा नयाँ नायिकासँग देखिने अनमोलसँग काम गर्ने नायिकाहरुलाई लक्की नायिका पनि भन्ने गरिन्छ । यस्तै ‘क्याप्टेन’ बाट पनि एकसाथ दुई नायिकाले नेपाली रजतपटमा डेब्यु गर्दैछन्, प्रियंका एमभी र उपासना सिंह ठकुरी ।

अनमोललाई के आरोप पनि लाग्ने गर्छ भने उनले नयाँ फिल्मका लागि आफै नयाँ नायिकाहरु सिफारिस गर्ने गर्छन् । अनमोलले भने फिल्ममा कुन नायिका लिने भनेर कहिल्यै आफूले निर्णय नलिने बताए । उनका अनुसार उनले अनमोलले कतिपय नायिकालाई सेटमा आएपछि मात्र चिन्छन् ।

‘क्याप्टेनका नायिकाहरुलाई पनि मैले रिकमेन्ड गरेको होइन, निर्माण टिमले नै खोज्नुभएको हो ।’, अनमोलले खबरहबलाई सुनाए ।

फिल्म ‘क्याप्टेन’ लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा अभिनय पनि निर्देशन भट्टराईको नै छ । चलचित्रमा प्रियंका एमभी, उपासना सिंह ठकुरी, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ ।

स्पार्टस् जानरामा निर्माण भएको यो फिल्म फागुन १७ गतेदेखि रिलिज हुँदैछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ५ : ५१ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित