फेसबुक, ट्वीटर, युट्युव चलाउन दर्ता गर्नुपर्छ कि पर्दैन ?– यसो भन्छन् मन्त्री बाँस्कोटा « Khabarhub

फेसबुक, ट्वीटर, युट्युव चलाउन दर्ता गर्नुपर्छ कि पर्दैन ?– यसो भन्छन् मन्त्री बाँस्कोटा


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनेको सूचना प्रविधिसम्बन्धी विधेयक-२०७५ सामाजिक सञ्जाल व्यवस्थित गर्नका लागि ल्याइएको स्पष्ट पारेका छन् ।

मन्त्री बाँस्कोटाले बुधबार(हिजो) प्रतिनिधिसभाको बैठकमा उक्त विधयेक पेश गरेका थिए ।

मन्त्री बास्कोटाले सरकारले सामाजिक सञ्जाललाई थप व्यवस्थित र समायनुल बनाउन खोजको दाबी गरे ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले विधयेकका विषयमा चर्चा भइरहेको भन्दै स्पष्ट पार्ने प्रयास गरे ।

इन्टरनेटको दुरुपयोग हाइड्रोजन बम भन्दा खतरनाक हुने भन्दै मन्त्री बाँस्कोटाले त्यसलाई व्यवस्थित गर्न लागिएको बताए ।

विश्वका विभिन्न देशको उदाहरण दिँदै उनले भारत, फ्रान्स, बेलायत, अमेरिका लगायतमा पनि सामाजिक सञ्जालको नियमनका लागि कानून रहेको जानकारी दिए ।

सामाजिक सञ्जाल नै चलाउन नपाइने खालको हल्ला चलिरहेको भन्दै त्यसमा सत्यता नभएको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

‘फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेर हल्ला गरिएको छ । यो सरासर गलत छ । हामीले व्यवस्थित र नियमन गर्न खोजेका हौँ । व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेका होइनौं, फेसबुक, ट्वीटर युट्युव लगायतका सबै चलाउन नपाइने होइन, सबै चलाउन पाइन्छ’ उनले भने ।

सामाजिक सञ्जालमा गालीगलोजलाई रोक्न खोज्दा ‘इनोभेसन नै रोक्न खोज्योकि’ भन्ने आरोप लागेको छ त्यो सत्य होइन, मन्त्री बाँस्कोटाले भने ।

बोल्न पाउने, लेख्न पाउँने चिज नै समाप्त हुन्छ भन्ने गरी हल्ला चलिरहेको भन्दै मन्त्री बाँस्कोटाले त्यस्तो खालको कानून नबन्ने स्पष्ट पारे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १ : ५६ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ