फेसबुक, ट्वीटर, युट्युव चलाउन दर्ता गर्नुपर्छ कि पर्दैन ?– यसो भन्छन् मन्त्री बाँस्कोटा « Khabarhub

फेसबुक, ट्वीटर, युट्युव चलाउन दर्ता गर्नुपर्छ कि पर्दैन ?– यसो भन्छन् मन्त्री बाँस्कोटा


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनेको सूचना प्रविधिसम्बन्धी विधेयक-२०७५ सामाजिक सञ्जाल व्यवस्थित गर्नका लागि ल्याइएको स्पष्ट पारेका छन् ।

मन्त्री बाँस्कोटाले बुधबार(हिजो) प्रतिनिधिसभाको बैठकमा उक्त विधयेक पेश गरेका थिए ।

मन्त्री बास्कोटाले सरकारले सामाजिक सञ्जाललाई थप व्यवस्थित र समायनुल बनाउन खोजको दाबी गरे ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले विधयेकका विषयमा चर्चा भइरहेको भन्दै स्पष्ट पार्ने प्रयास गरे ।

इन्टरनेटको दुरुपयोग हाइड्रोजन बम भन्दा खतरनाक हुने भन्दै मन्त्री बाँस्कोटाले त्यसलाई व्यवस्थित गर्न लागिएको बताए ।

विश्वका विभिन्न देशको उदाहरण दिँदै उनले भारत, फ्रान्स, बेलायत, अमेरिका लगायतमा पनि सामाजिक सञ्जालको नियमनका लागि कानून रहेको जानकारी दिए ।

सामाजिक सञ्जाल नै चलाउन नपाइने खालको हल्ला चलिरहेको भन्दै त्यसमा सत्यता नभएको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

‘फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेर हल्ला गरिएको छ । यो सरासर गलत छ । हामीले व्यवस्थित र नियमन गर्न खोजेका हौँ । व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेका होइनौं, फेसबुक, ट्वीटर युट्युव लगायतका सबै चलाउन नपाइने होइन, सबै चलाउन पाइन्छ’ उनले भने ।

सामाजिक सञ्जालमा गालीगलोजलाई रोक्न खोज्दा ‘इनोभेसन नै रोक्न खोज्योकि’ भन्ने आरोप लागेको छ त्यो सत्य होइन, मन्त्री बाँस्कोटाले भने ।

बोल्न पाउने, लेख्न पाउँने चिज नै समाप्त हुन्छ भन्ने गरी हल्ला चलिरहेको भन्दै मन्त्री बाँस्कोटाले त्यस्तो खालको कानून नबन्ने स्पष्ट पारे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १ : ५६ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने